ब्राउन सुगर सहित एक जना पक्राउ

ब्राउन सुगर सहित एक जना पक्राउ

झापा / झापाको बिर्तामोड नगरपालिका वडा नं ९ स्थित रिद्धीसिद्धी प्लाई फ्याक्ट्री छेउबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३४ बर्षीय जगदिश ओली रहेका छन् ।

हिजो बेलुका ७ बजे प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले उनलाई डिजिटल तराजु र ब्राउन सुगर ९ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका ओलीलाई ईलाका प्रहरी कार्यालय अनामनीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खवर