श्रीमान र श्रीमतीको झगडाबाट श्रीमानको मृत्यु

श्रीमान र श्रीमतीको झगडाबाट श्रीमानको मृत्यु

रेवत पारघरी लिम्बू
तेह्रथुम/ तेह्रथुम जिल्ला छथर गाउपालिका वडा नं. – ३ ज्यामिरे टोल विकासमा आईतबार बेलुका श्रीमान र श्रीमती बिच भएको झगडाबाट श्रीमानको मृत्यु भएको छ ।

काईला काका मनिराज लिम्बुको घरमा टीका लगाएर घर आएपछी मदिरापान सेवान गरेको हुनाले बेलुका छ बजेतिरा श्रीमान र श्रीमतीको झगडा सुरु भएको अनुमान गरीएकोअस्थाई प्रहरी पोष्ट शनिश्चरेका प्रहरी हल्दार गोविन्द ढकालले जानकारी दिए । झगडामा ५२ बर्षिय भक्तकुमारी लिम्बू श्रीमतीको खुकुरी, लठ्ठी र गिलास लगायतका साधनहरुको प्रहारबाट ५४ बर्षिय गोविन्द बहादुर लिम्बू श्रीमानको उपचारका लागि छथर अस्पताल शुक्रबारे लादै गर्दा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यलय वसन्तपुरका प्रहरी निरीक्षक मान प्रसाद श्रेष्ठले बताउनु भएको छ ।

हात हालाहाल गरी झगडा गर्ने क्रममा गम्भीर घाईते भएका श्रीमती भक्त कुमारी लिम्बुलाई छथर अस्पताले रिफर गरि नेवेल अस्पताल विराटनगरमा उपचार भईरहेको प्रहरी चौकी शुक्रबारेका प्रहरी ईन्चार्ज गणेश कुमार राईले बताउनु भएको छ।

आमा बुबा झगडा गरि मारामार गर्दै छन् भन्दै कान्छि छोरी रुपा लिम्बू तोते बोलिमा साङ्केतिक भाषाद्वारा कान्छा काका शेर बहादुर लिम्बुको घरमा पुगेर खबर गरेपछी छरछिमेक भेला भई प्रहरीको टोलि सहित घटना स्थल पुगी स्थलगत निरिक्षण गर्दा जताततै रगतपच्छे भई दुवैको अवस्था गम्भीर रहेको देखेपछी हतार हतार उपचारका लागि छथर अस्पताल लादै गर्दा बाटैमा श्रीमानको मृत्यु भएको हो । मृत शरिरलाई सरजिमन मुजुल्का उठाई पोष्टमार्टनका लागि धनकुटा पठाईएको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: