डाँस मोरङगी सामुदायिक वनको अध्यक्षमा मदन पोख्रेल निर्विरोध निर्वाचित

डाँस मोरङगी सामुदायिक वनको अध्यक्षमा मदन पोख्रेल निर्विरोध निर्वाचित

पथरी / पथरीशनिश्चरे १० को डाँस मोरङगी सामुदायीक वनमा हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा मदन पोख्रेल निर्विरोध निर्वाचित भएका छन् । उनिसँगै सचिवमा कविता दाहाल पनि निर्विरोध निर्वाचित भएकी छिन् । यद्यपी निर्वाचन समितिले आधिकारीक घोषणा गर्न भने बाँकी नै रहेको छ ।

डाँस मोरङगी सामुदायीक बनको नया कार्यसमितिका लागी उपाध्यक्ष, सह सचिव र कोषाध्यक्षमा भने निर्वाचन हुने भएको छ । उपाध्यक्षका लागि राजु दाहाल र गिता खड्काको उम्मेद्वारी रहेको छ । त्यस्तै सह सचिवमा डम्बर बस्नेत र विकाश तामाङ तथा कोषाध्यक्षमा शान्ति विश्वकर्मा र धनवहादुर श्रेष्ठको उम्मेद्धारी रहेको छ । सोमबार हुने चुनावको लागि अध्यक्षमा शिवप्रसाद भट्टराईको नाम पनि चर्चामा रहेपनि अन्तिम समयसम्म उम्मेद्धारी नपरेपछि मदन पोख्रेल निर्विरोध निर्वाचित भएका हुन् ।

बाँकी पदका लागी कार्तिक ६ गतेलाई निर्वाचन तोकिएको भएपनि लामोसमय नराखि सोमबार नै निर्वाचन गर्न सबैबाट सुझाव आएकोले सोमबार नै निर्वाचन गर्ने तयारीका लागि भोली छलफल रहेको निर्वाचन समितिका संयोजक किशोर खड्काले जानकारी दिए ।

सम्बन्धित खवर