आसारुपा कुरुम्भङ्ग स्मृती अक्षयकोष छात्रावृती वितरण तथा बढा दशै शुभकामना आर्दान प्रदान कार्यक्रम सम्पन्न

आसारुपा कुरुम्भङ्ग स्मृती अक्षयकोष छात्रावृती वितरण तथा बढा दशै शुभकामना आर्दान प्रदान कार्यक्रम सम्पन्न

रेवत पारघरी लिम्बू
तेह्रथुम / तेह्रथुम जिल्लाको छथर गाउँपालिका वडा नं. ३ पञ्चकन्या माध्यमिक विद्यालयमा आसारुपा कुरुम्भङ्ग स्मृती अक्षयकोष छात्राबृती वितरण सहित बढा दशैंको शुभकामना आर्दान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कर्यक्रममा प्रमुख अतिथि गाउपालिका अध्यक्ष सन्तविर तिगेलाद्वारा आसारुपा कुरुम्भङ्ग लिम्बू बरवोटे माईली को फोटोमा मल्यणर्पण टीका लगाई श्रद्वासुमन अर्पण गरी सुभारम्भा गरिएको थियो ।

अक्षर चिन्न र लेख्नमा अन्धकार समय संगै मिति २००६ सालमा बैशाख १० गते जन्म भई ६० बर्षको अल्पायुमै मिति २०७६ साल जेठ २७ गतेका दिन मृत्यु भएका आसारुपाका ईच्छा, चाहाना र आकांक्षहरुलाई सधै जिवन्त राखी आजिवन सम्झाना गर्नका लागि उहाको परिवारले मिति २०७६ माग ११ गते पञ्चकन्या माध्यमिक विद्यालयमा रु दुई लाखको आसारुपा कुरुम्भङ्ग लिम्बू छात्रावृती अक्षय कोष स्थापना गरिएको थियो । विद्यालयमा अध्यनरत क्भ्भ् परीक्षामा सर्वत्कृष्ठ न्एब् अंक ल्याउने छात्र एक र छात्रा एक लाई अक्षयकोष रकमको ब्याजबाट छात्रावृत्ती प्रदान गर्ने उदेश्यले अक्षयकोषको स्थापना गरिएको हो ।

शिक्षण सिकाई क्रियाकलापको शैक्षिक गतिलाई अगाडि बडाउन र विद्यार्थी बालबालिको जोस जागरमा थप उर्जा दिनका लागि अक्षयकोष छात्रावृतीले विद्यार्थीहरुलाई हौसला मिलेको विद्यायलका प्रधानाध्यपक पदम प्रसाद फुयलले बताउनु भएको थियो । शुभकामना मनतब्यको शिलशिलामा अक्षयकोषदाता तथा वडा सदस्य फौदराज लिम्बुले आर्थिक रुपमा अति विपन्न गरिबीको रेखामुनी थिचिएर मिचिएर रहेका दशै दसाको रुपमा समस्याले झेलेका स्थानिय जनताहरुलाई दशै खर्च उपलब्ध गराउनको लागि स्थानिय सरकारको ध्यानकर्षण हुन जरुर रहेको बताउनु भएको थियो ।

पञ्चकन्या माध्यमिक विद्यालयमा भएको प्रथम अक्षयकोष स्थापनाले विद्यालयमा वृक्षरोपण भएको छ । अब यस्ता अक्षयकोष स्थापनाको हागा फैलाउन जरुर रहेको हुनाले वाकी कदम चाल्न अव्हान गर्दै विद्यार्थीहरुलाई सिकाई क्रियाकलापमा जोस जागर सहित शैक्षिक गुणस्तार सुधार गर्न टेवा पुगेको छथर गाउपालिका शिक्षा प्रमुख तथा वडा नं. ५ का वडाध्यक्ष पुण्य प्रसाद ढकालले बताउनु भएको थियो ।

पहिले एनजीओको कार्यक्रम सञ्चमलन गर्दै हिड्दा विद्यालयमा शिक्षकहरुको जुन प्रकारको संगठन जोस जागर र लगानशिलता थियो । त्यै लगनशिलता कायम रहेको पाउँदा अत्यधिक हर्सित भएको महसुस गर्दै स्व. आसारुपा कुरुङ्भङ्गप्रति हार्दिक श्रद्वाञ्जली अर्पण सहित शैक्षिक गुणस्तार कायम गर्न, जोस जागर अगाडि बढाउन, युवा जनशक्ती मार्फत समाज रुपान्तरणका लागि सधै लगनशिल भई अध्ययन अध्यापनमा सरीक हुन र आफ्नो कर्म निर्धारण गर्न, आफ्नो भविष्यको भाग्य रेखा सुनिश्चित गर्नका लागि विद्यार्थीहरुको क्षामताको मुल्यङ्कन गर्ने आधारमा एउटा मापन गर्ने साधान स्वरुप स्व. आसारुपाको मनोकांक्षहरु पूरा गर्नका लागि अक्षयकोष स्थापना गरि जिवन्त कायम राख्ने परिवार प्रति हार्दिक धन्यावाद ज्ञापन गर्दै विगतका ऐतिहासिक विद्यालयका संरचाहरसमा सुदृढीकरण गरि पुनः मर्मत सम्भार लगयतका निर्माण कार्य भएको राजनैतिक आस्था जहाँ रहेतानी यो र त्यो नभनीकन शैक्षिक क्षेत्र लगायतका कार्यहरु समाज एकबद्व भएर संगठित रुपले अगाडि बढाईएको छथर गाउपालिका अध्यक्ष सन्तविर तिगेलाले बताउनु भएको थियो ।

अध्यक्ष तिगेलाले उक्त कार्यक्रमलाई सम्बोधन गर्दै आउदै गरेको बढा दशै लगायतका विभिन्न चार्डपर्वहरु आफ्नो क्षामता र गक्ष अनुसार मनाउन अपिल गर्नुहुदै बढा दशै लगायत सम्पुर्ण चाडपर्वको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको थियो ।शैक्षिक सत्र २०७६÷ण्७७ को एस ईई परिक्षामा सर्वउत्कृष्ठ जिपिए ल्याउने छात्र दिपेश श्रेष्ठ, छात्रा हिमानी लिम्बु र २०७७÷०७८ को छात्र पुजन पराजुली छात्रा मनिशा थापालाई जनही छ÷छ हजारका दरले कार्यक्रमका प्रमुख अतिथि सन्तविर तिगेला,विशेष अतिथी शिक्षा प्रमुख पुण्य प्रसाद ढकाल र अक्षयकोष दाता सदस्य टंक कुरुम्भङ्गले सर्वत्कृष्ठ जिपिए अंक ल्याउने छात्र छात्रालाई छात्राबृत्ती प्रदान गरिएको थियो ।

छात्राबृत्ती तथा शुभकामना आर्दान प्रदान कार्यक्रममा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता कार्यक्रममा सहभागी भई स्थान ओगट्न सफल ५ विद्यार्थीहरुलाई रनिङ्ग शिल्ड बाट प्राप्त पुरस्कार, विराट नगर लाईन्स क्लवबाट प्रप्त स्टोक रहेको झोला ५ विद्यार्थीलाई प्रदान, बाल कक्षा देखि दस कक्षा सम्मका प्रथम, द्वितीय र तृतिय स्थान ओगट्न सफल विद्यर्थीहरुलाई स्टेशनरी सामाग्री वितरण लगायत विद्यार्थी भाइ बहिनीहरु बाट विभिन्न साङ्गितिक मनोरञ्जानात्मक नृत्यहरु प्रस्तुत गरिएको थियो ।
उक्त कार्यक्रममा वुद्वीजिवी अभिभावक बाट मान ब. लिम्बू दिलकिरण लिम्बू, सुनगाभा ईङ्लिस बोर्डिङ्ग स्कुलका प्रोपाईटर होम ब. लिम्बुले शुभकामना मनतब्य राख्नुभएको थियो । कार्यक्रम विद्यलय ब्यावस्थापन समिति अध्यक्ष तथा वडा नं .३ का वडाध्यक्ष तुलसी जङ्ग थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर