सह–सचिवमा खगेन्द्र बस्नेतको पकड बलियो

सह–सचिवमा खगेन्द्र बस्नेतको पकड बलियो

पथरी, खगेन्द्र बहादुर बस्नेत पथरी शनिश्चरेका लागि नौलो नाम हैन् । पथरीको मन्दिर लाइनमा बस्नेत सुनचाँदी पसल चलाएर बसेका बस्नेतले हसन्दह बजारमा समेत शाखा खोलेका छन् । राजनीतिमा २०५४ सालदेखि नै सक्रिय रहेका बस्नेतले मोरङ पथरी शनिश्चरे नगरको सह–सचिव पदमा उमेद्वारी घोषणा गरेका छन् ।

२०५४ सालमा अमरसिंह मा.वि. हसन्दहको इकाइ सभापति भएका बस्नेत २०५६ सालमा दमक बहुमुखी क्याम्पसमा इकाइ सभापति भएका थिए । २०५८ सालमा काठमाडौँको पशुपति क्याम्पसमा सक्रिय रुपमा नेविसंघमा रहेका थिए । सोही समयमा स्ववियु उप–सभापतिका उमेद्वार समेत भए बस्नेत ।

लायन्स कल्व अफ पथरीका वर्तमान कोषाध्यक्ष बस्नेत सामाजिक काममा निरन्तर सक्रिय रहेका छन् । नगरको वडा नं. ५ का स्थाइ बासिन्दा बस्नेत हाल पथरीमा नै व्यावसायिक रुपमा बसिरहेका छन् । हरेक सामाजिक, राजनैतिक कार्यक्रमहरुमा अनिवार्य उपस्थित हुने, छरछिमेकमा परेका गाह्रो साह्रोमा सहभागी भइरहने बस्नेत मिजासिलो र सहयोगी पनि छन् ।

१६ गते शनिवार हुने नगर अधिवेशनमा सह–सचिव पदमा बस्नेतले भारी मतान्तरले बिजयी हुने आम नेता कार्यकर्ताको बुझाइ रहेको छ । हसन्दह, शनिश्चरे र पथरी ३ वटै साविकका गाविसमा परिचित रहेका बस्नेतको पकड बलियो छ । मतदाताले सायदै बस्नेतलाई नचिन्ने कोही छैनन् । पार्टी र सरसहयोगमा मरिमेटेर लाग्ने बस्नेत जस्ता उमेद्वारले पार्टीको नेतृत्व गर्नु पार्टीका लागि र आम क्रियाशिलका लागि गौरवको विषय पनि हो ।

सम्बन्धित खवर