नगर सभापतिका बलियो दावेदार, इश्वर बहादुर थापा

नगर सभापतिका बलियो दावेदार, इश्वर बहादुर थापा

पथरी, नेपाली कांग्रेसको १४ औँ महाधिवेशन चलिरहेको छ । केहि जिल्लाहरुको नगर अधिवेशन सम्पन्न भएका छन् भने अरु केही जिल्लाहरुमा यहि असोज १६ गते निर्वाचनको मिति तोकिएको छ । मोरङ जिल्लाको १६ गते हुने नगर अधिवेशनका लागि पार्टी चलाउन सक्ने उमेद्वार भन्दा पनि गुट गुटका आफ्नै उमेद्वारहरु खडा भइरहेका छन् ।

मोरङको पथरी शनिश्चरे नगर सभापतिका लागि इश्वर बहादुर थापा अहिले भोट माग्नका लागि दिनरात नभनि खटिरहेका छन् । थापा कार्यकर्ता माझमा लोकप्रिय उमेद्वार पनि हुन् । समायोजनमा नगरको सहसभापति भएका थापाले करिब ९ महिना कार्यवहाक सभापति समहाले । थापाको नेतृत्वमा नगरका हरेक विषयमा खबरदारी गर्नुका साथै कार्यकर्ताका पिर मर्का बुझ्नका लागि समेत थापाको नेतृत्वमा नगर कार्यसमिति सकृय रहेको थियो ।

साविक हसन्दह यानिकी पथरी शनिश्चरेको वडा नं. ५ का स्थाइ बासिन्दा थापाले अत्याधिक मतले सभापति जित्ने आम कार्यकताको बुझाइ छ । हसन्दह क्षेत्र कांग्रेसको गण यानिकी निर्णायक मत खस्ने क्षेत्र हो । वडा नं. ५ र ६ बाहेक अन्य वडामा पनि थापाको राम्रो बर्चश्व कायम रहेको छ । थापाले कुनै गुटको भन्दा पनि नेपाली कांग्रेसको नेतृत्व समहाल्ने भएकाले धैरेको समर्थन थापालाई रहेको छ ।

थापाको राजनैतिक इतिहांश

२०४३ सालबाट राजनीतिक रुपमा सक्रिय रहेका कुशल नेता हुन् थापा । त्यसपछि शिक्षण पेशामा रहेका थापाले २०४७ सालमा नेपाल शिक्षक संघको गठन हुँदा क्षेत्रीय सह–सचिव भएर काम गरे । नेपाल शिक्षक संघको जिल्ला सदस्य भएका थापा त्यसताका अत्याधिक मत ल्याउने उमेद्वार थिए । शिक्षक पेशाबाट बाहिरिना साथ थापाले नेपाली कांग्रेसको रानीतिलाई पूर्ण रुपमा अगाडी बढाएका हुन् ।

हसन्दह गाउँ सभापति, पथरी शनिश्चरे नगर सहसभापति, कार्यबाहक नगर सभापति समेत भएका थापाको नेतृत्वमा पार्टीले हरेक ठाउँहरुमा सफलता पाएको थियो । स्थानीय तहको निर्वाचनमा वडाहरुमा अध्यक्ष सहित प्यानल नै बिजयी, उद्योग वाणिज्य संघ पथरीमा अध्यक्ष लगायत मुख्य पदहरुमा कांग्रेस निकट उमेद्वारहरु बिजयी, बिद्यालय व्यवस्थापन समिति लगायतका क्षेत्रमा समेत कांग्रेस निकटले नै नेतृत्व गरिरहेका छन् ।

कार्यकर्ताहरुको सक्रियताका लागि केन्द्रिय नेताहरु गाउँमा ल्याएर कार्यक्रम गर्ने, चाडपर्व विशेषका कार्यक्रमहरु, समाजका हरेक समस्यामा महलम लगाउन पुग्ने, महामारीमा राहत वितरण गर्ने देखि गाउँबाट काठमाडौँसम्म पुगेर विभिन्न आन्दोलन तथा बिरोधका कार्यक्रमहरुमा सरिक हुने थापा गुटको भन्दा पनि स्वच्छ छवि भएका नेता हुन् ।

सम्बन्धित खवर