विश्व रेविज दिवसका अवसरमा ७३९ कुकुर र ७ वटा बिरालोलाई खोप लगाइयो

विश्व रेविज दिवसका अवसरमा ७३९ कुकुर र ७ वटा बिरालोलाई खोप लगाइयो

पथरी, विश्व रेविज दिवशका अवसरमा मोरङको पथरी शनिश्चरे नगरमा सञ्चालन भएको सप्ताहव्यापी निःशुल्क खोप लगाउने कार्यक्रम अन्तर्गत ७३९ कुकुर र ७ विरालोलाई रेविज विरुद्ध खोप लगाइएको छ ।

वडा वडामा सञ्चालन भइ हिजो समापन भएको कार्यक्रम असोज ६ गतेबाट सुरु भएको थियो ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र १ नम्बर प्रदेशको समेत सहकार्यमा नगरको पशुपंक्षी शाखाले घरपालुवा कुकुर र विरालोमा खोप लगाएको हो । खोप लगाएर पशु धनीलाइ खोप कार्ड प्रदान गरिएको छ । ‘रेविजको तथ्यलाई बुझ्नसके राम्ररी, हट्छ डर त्रास सधैंभरी’ भन्ने नाराका साथ खोप कार्यक्रम सञ्चालन भएको नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाउनु भयो । वडा नम्बर ६ स्थित पशुसेवा केन्द्र मंगलबारेमा भनें आवश्यक परेको खण्डमा सवै दिन खोप लगाउने काम सुचारु रहने छ ।

सम्बन्धित खवर