गैर जिम्मेवार दराज कम्पनी, स्मार्ट वाच अडर गर्दा पठायो क्यामेरा होल्डर पिन

गैर जिम्मेवार दराज कम्पनी, स्मार्ट वाच अडर गर्दा पठायो क्यामेरा होल्डर पिन

मोरङ, अनलाइन सपिङ कम्पनी दराज गैर जिम्मेवार कम्पनी हो भनेर धैरै पटक फण्डाहरु आउने गरेका छन् तर दराज कम्पनी कहिले सुध्रिनेवाला छैन् ।

अडर अनुसारको सामान नआएको भन्दै धैरेले गुनासो गर्ने गरेका छन् तर कम्पनीले यस्ता गुनासाको सुनुवाई गर्दैन बरु एकपछि अर्को गल्ती गर्दै जान्छ । लेखक तथा सहित्यकार रमेश सायनले २ दिन अघि स्मार्ट वाच अडर गरेका थिए । कम्पनीले समयमा नै अडर सामान डेलिभर ग¥यो तर स्मार्ट वाचको ठाउमा क्यामेरा होल्डर पनि हैन त्यसको पिन पठायो ।

हेर्दा निकै ठुलो पोकामा बिल सहित आएको सामान चेक गर्दा क्यामेरा होल्डर पिन मात्रै भेटेपछि सायनले सामाजिक सञ्जाल फेसबुकमा भिडियो नै हालेका छन् । २ हजारमा खरिदका लागि अडर गरको घडीका ठाउँमा क्यामेरा होल्डर पिन आएपछि पैसा फिर्ता गर्नका लागि आफुले प्रकृया अगाडी बढाएको सायनले बताए ।

यँहा रकम २ हजार ठुलो रकम नहोला तर दराज कति गैर जिम्मेवार कम्पनी हो भन्ने फेरी छताछुल्ल देखिएको छ । अडर अनुसारको सामान डेलिभर गर्न नसक्दा दराज प्रति आम उपभोक्ताको निरासा बढिरहेको छ ।

सम्बन्धित खवर