तिहार लगत्तै शब्दको अनि देउराली रुन्छ

तिहार लगत्तै शब्दको अनि देउराली रुन्छ

पथरी, शब्द थिएटरले नाटक ‘अनि देउराली रुन्छ’  मञ्चन गर्ने भएको छ । थिएटरको दोश्रो वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममार्फत थिएटरले आफ्नो पहिलो कोशेली स्वरुप मन बहादुर मुखियाको नाटक ‘अनि देउराली रुन्छ’ को तयारीमा रहेको र तिहार लगत्तै दर्शकमाँझ प्रदर्शन गरिने थिएटरका सचिब सरोज तिम्सिनाले बताए ।

अनुभवी निर्देशकको रुपमा आफ्नो पहिचान बनाइसकेका निर्देशक जीवन बरालको निर्देशनमा प्रदर्शन हुने नाटकमा ग्रामीण परिवेशको सामाजिक कथा वस्तु र एक पूर्ण  चलचित्रको आभास दर्शकले गर्न पाउने निर्देशक बरालको दावी छ । मोफसलमा समेत नाटकको विभिन्न परीकार पस्कने उद्धेश्यले मोरङको पथरीशनिश्चरेमा स्थापना भएको शब्द थिएटरले गएको एक वर्ष कोरोना संक्रमणको जोखिमका कारण काम गर्न नपाएको र अबको दिनमा हामी अघि बढ्छौ भन्ने उद्धेश्यका साथ ‘अनि देउराली रुन्छ’ को तयारी गरिएको निर्देशक बरालले बताए ।
नाटकमा लिला राई, सरोज तिम्सिना, सुदिपजङ कार्की, बिमला पोख्रेल, पर्शुराम न्यौपाने, प्रतिमा पोख्रेल, सदीक्षा अधिकारी, राजेश फागु, टिकाराम राई, सुमन कुँईकेल, मेनुका राई, देव गुरुङ, प्रेम खतिवडा, जानुका बस्नेत, यशोदा श्रेष्ठ लगायतका स्थानीय कलाकारको अभिनय रहने छ।

सम्बन्धित खवर