नगरका उद्योगी व्यवसायीहरुको हतहितमा काम गर्न नव निर्वाचित समितिलाई उपमेयर विष्टको शुभकामना

नगरका उद्योगी व्यवसायीहरुको हतहितमा काम गर्न नव निर्वाचित समितिलाई उपमेयर विष्टको शुभकामना

पथरी, मोरङको पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले पथरी उद्योग वाणिज्य संघको नयाँ समितिलाई नगरका उद्योगी व्यवसायीहरुको हतहितमा अघि बढेर अघिल्लो समितिले थालेका अधुरा कामहरु पुरा गर्दै नगरलाई विकासको गतिमा अघि बढाउने शुभकामना व्यक्त गर्नुभएको छ ।

वडा नम्बर १ स्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्र विद्यालयले आज पथरी उद्योग वाणिज्य संघका नवनिर्वाचित समितिलाई सम्मान सहित शुभकामना प्रदान गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि वास्तोलाले सो कुरा बताउनु भएको हो । ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको नैतिकता र आध्यात्मिकता सिकाउने कार्य यो समयका लागि निकै महत्वपूर्ण रहेको जनाउनु भयो ।

सेवा केन्द्रले नवनिर्वाचित अध्यक्ष धनकुमार तामाङको नेतृत्वको समितिका पदाधिकारीहरुलाई विद्यालयमा आमन्त्रण गरी शुभकामना प्रदान गर्दै श्रेष्ठ कर्म गर्न उत्प्रेरणाको सन्देश दिएको छ । संस्थाकी उर्लावारी प्रमुख मिरा तथा पथरीशनिश्चरे प्रमुख पूर्णले संस्थाकातर्फबाट संस्थाको आध्यात्मिक मायाको चिनो समेत प्रदान गरी सत्य कर्मका बारेमा विचार राख्नुभयो ।

उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङ सहितका पदाधिकारीहरुले प्रतिवद्धता सहितको मन्तव्य व्यक्त गर्नुभयो । संस्थाले वाणिज्य संघको समिति तथा नगरका जनप्रतिनिधिहरुलाई निर्वाचित भए लगत्तै यसखाले सम्मान तथा शुभकामना कार्यक्रम राख्दै आएको छ ।

सम्बन्धित खवर