सामुदायिक वन र त्यसको कर सम्बन्धी अन्तरक्रिया सम्पन्न

सामुदायिक वन र त्यसको कर सम्बन्धी अन्तरक्रिया सम्पन्न

पथरी, मोरङको पथरीशनिश्चरे नगर क्षेत्रभित्रका उपभोक्ता र कानेपोखरी गाउँपालिकाको क्षेत्रको भूगोल भएका ४ वटा सामुदायिक वन उपभोक्ता समूहको क्षेत्र र कर सम्बन्धी विषयमा आज अन्तरक्रिया भएको छ ।

पथरी शनिश्चरे वडा नम्बर १० स्थित डाँसमोरङ्गी सामुदायिक वन उपभोक्ता समूह जिरिखिम्तीको कार्यालयमा भएको अन्तरक्रियामा डाँसमोरङ्गी सहितको ४ समूह सहभागि रह्यो । त्यहाँ, वडा नम्बर १० कै भूल्के पशुपति, ९ र १० को सीता छधारे, ९ को महिला जागृति सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, वन अधिकारी, वन महासंघका प्रतिनिधि तथा पथरी शनिश्चरे र कानेपोखरीका जनप्रतिनिधिसँग अन्तरक्रिया भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राईले कानेपोखरी गाउँपालिका अध्यक्षसँग थप छलफल गरी कार्यपालिका बैठकमा समेत छलफल गराएर समूहको क्षेत्र र कुन पालिकालाई वनको कर कुन हिसावले तिर्ने भन्ने बारेमा टुंगोमा पुगिने बताउनु भयो ।

कार्यक्रममा, कानेपोखरी गाउँपालिका अध्यक्ष तारावहादुर काफ्ले, सामुदायिक वन उपभोक्ता महासंघका १ नम्बर प्रदेश सचिव अग्नी पौडेल, वन कार्यालय कानेपोखरी सव डिभिजन प्रमुख तुलसीलाल यादव, कानेपोखरी ७ का अध्यक्ष मोहन अधिकारी तथा ४ वटा सामुदायिक वन समूहका प्रतिनिधिले आफ्नो धारणा राख्नुभयो ।

वन समूहले आम्दामीको १० प्रतिशत कर पालिकालाई बुझाउनु पर्ने कानूनी अवस्था भएपनि एउटा पालिकाका उपभोक्ता र अर्काै पालिकाको भूगोल रहेकाले कुन पालिकालाई कर बुझाउने भन्ने बारे अन्यौल रहिरहेकाले त्यसबारे छलफल थालिएको हो ।

सम्बन्धित खवर