सिरहामा लागु औषध सहित एक जना पक्राउ

सिरहामा लागु औषध सहित एक जना पक्राउ

राजेन्द्र महतो
लहान / असोज ४ गते।सिरहामा लागु औषध सहित एक जना लाई प्रहरीले पक्राउ गरेका छ्न।  पक्राउ पर्नेमा धनुषाको सवैला नगरपालिका वडा नं. १३ तिरतपुर का २६ बर्शिय शुभ कुमार महतो रहेका छ्न ।

सिरहा नगरपालिका वडा नं. ६ बसविट्टा चौक स्थित वडा प्रहरी कार्यालय (ख) सिरहाबाट खटिएको टोलीले ज.११ प १७४३ नं.को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा लागू औषध (गाँजा) ५ किलो २२३ ग्राम र २ पिस नाईट्रोभेट ट्याबलेट सहित महतो लाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाइएको छ। पक्राउ परेका महतो माथि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

सम्बन्धित खवर