सेल्फी रोडमा यौन काण्ड मच्चाउँदै गर्दा पक्राउ, मंगलबारेबाट पथरी आउदा बाटैमा यौन काण्ड

सेल्फी रोडमा यौन काण्ड मच्चाउँदै गर्दा पक्राउ, मंगलबारेबाट पथरी आउदा बाटैमा यौन काण्ड

पथरी, सामाजिक संजाल टिकटक बाट एकाएक चर्चामा आएको पथरी शनिश्चरे नगरपालिका २ मा रहेको सेल्फी रोडबाट यौन क्रियाकलापमा लिप्त भइरहेको एक जोडी पक्राउ परेको छ ।

गत भदौ ३० गते अपह्रन्न करिब साढे ४ बजेको समयमा रोड किनारमा यौन क्रियाकलापमा संलग्न भइरहेको एक अधबैसे जोडीलाई स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

खबर पाउना साथ इलाका प्रहरी कार्यालय पथरीको टोलीले अटो सहित सेल्फी रोडबाट उनिहरुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेहरुमा उर्लाबारी स्थायी ठेगाना भएका आटो चालक वर्ष ४० का पुरुष रहेका छन् भने पथरी शनिश्चरे नगरपालिका स्थायी ठेगाना भएकी वर्ष ३२ की महिला रहेकी छिन् ।

उर्लाबारी स्थित मंगलबारेबाट अटोमा चढेर पथरी शनिश्चरे घर हिडेकी ति महिला र अटो चालक सो स्थानमा पुगेपछि यौनक्रियाकलापमा संलग्न भएको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरेका दुवैले महिलालाई घर पुर्‍याउने क्रममा सो क्षेत्रमा अवान्छित गतिविधीमा संलग्न पाइएको प्रहरीले जनाएको छ ।

उनिहरुलाई सार्वजनिक स्थलमा अश्लिल क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गरी कार्वाही अगाडी बढाएको जनाएको छ ।

स्थानिय चौतारी सामुदायिक वन क्षेत्रमा पर्ने सो रोड करिब ढेड वर्ष अघि देखि सामाजिक संजाल टिकटक र सेल्फी पारखीहरुका लागि गन्तव्य स्थल बन्दै आएको छ ।

सामाजिक संजालमा एकाएक भाइरल बनेपछि स्थानिय सरकारले सो क्षेत्रमा आउने आगन्तुकहरुको सहजता लागि बस्ने चौताराहरुको व्यावस्थापन पनि गरेको छ ।

तर जंगल क्षेत्र भएका कारण उपयुक्त सुरक्षा ब्यावस्था मिलाउन नसक्दा सो रोडमा विगत केही समय देखी नसालु पदार्थ सेवन गरी झै झगडा हुने र अनैतिक क्रियाकलाप हुने गरेको भएता पनि स्थानिय नगरपालिकाले सो क्षेत्रलाई व्यावस्थित गर्न नसकेको स्थानियहरुको बुझाई छ ।

सम्बन्धित खवर