काङ्ग्रेस रतुवामाई नगर सचिवमा दिपक पनेरूको चर्चा

काङ्ग्रेस रतुवामाई नगर सचिवमा दिपक पनेरूको चर्चा

विराटनगर, नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा केन्द्रदेखि देशैभरका वडाहरुमा महाधिवेशनको चहलपहल बढेको छ । त्यही क्रममा मोरङको रतुवामाईमा पनि उम्मेद्वारका आकांक्षीहरु बढ्न थालेका छन् ।

महाधिवेशनको मिति नजिकिँदै गर्दा नेपाली काँग्रेस रतुवामाईमा भावी नेतृत्वका लागि दौडधुप सुरु भएको हो ।
मोरङमा नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनको मिति नजिकिएसँगै काङ्ग्रेस नगर समिति रतुवामाईको सचिव पदमा युवा नेता दिपक पनेरूको चर्चा चलेको छ ।

काङ्ग्रेसको हरेक कार्यका सक्रिय रहेका रतुवामाई ६ का दिपक पनेरुले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नगर समितिको सचिव पदमा उम्मेदवारीको घोषणा गरेका छन् ।

विद्यार्थी कालदेखि नै राजनीतिमा लागेका पनेरू लामो समयदेखि नेपाली काङ्ग्रेसको राजनीतिमा सक्रिय छन् । अग्रजलाई उचित सम्मान गर्दै पार्टीको वडा देखि केन्द्रसम्म युवा पुस्तालाई नेतृत्व तहमा पुर्याउनु पर्छ भन्ने चाहानले आफुले उम्मेदवारी दिन लागेको पनेरुले बताए ।

पनेरुले युवाहरुलाई राजनितिमा अवसर दिदैँ उच्च राजनतिकि संस्कारको विकास गर्ने उद्देश्यले उम्मेद्वारी दिने घोषणा गरेको बताएका छन् । राष्ट्रियता, लोकतन्त्र र समाजवादी व्यवस्थालाई संस्थागत गर्ने प्रतिबद्धता सहित युवाहरुको प्रतिनिधित्व गर्दै पार्टीलाई मजबुत र गतिशलि बनाउने अठोटका साथ चुनावी मैदान उत्रिएको बताउदै पनेरुले सम्पूर्ण प्रतिनिधिहरुलाई आफूलाई नगर समितिमा निर्वाचित गराउन अनुरोध समेत गरेका छन् ।

सम्बन्धित खवर