रेवत पारघरी लिम्बू
तेह्रथुम / तेह्रथुम जिल्लाको छथर गाउपालिका वडा नं. ३ पञ्चकन्यामा सञ्चालित पञ्चकन्या छुर्पी उद्योगले विश्वकर्माको पुजा आराधाना सहित एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम गाउपालिका अध्यक्ष सन्तोष तिगेलाद्वारा दियो वालि रिवन बाधेर उद्योगको मेसिनमा विश्वकर्मको पुजा गरी सुभारम्भा गरिएको थियो । पञ्चकन्या छुर्पी उद्योग २०७७ साल पौष ६ गतेबाट १४ जना कृषकहरुबाट ४८ लिटर दूध संकलन गरी सुरुवत गरीएको थियो ।
छुर्पी उद्योग छथर गाउपालिका वडा नं.– ३ निवासी ईन्द्र बहादुर पराजुलीले आफ्नो ब्याक्तिगत लगानीमा सुरुवात गर्नुभएको हो । ४८ लिटर दूध बाट सुुवात गर्नुभएको उद्योगमा हाल १३० लिटर दूध संकलन हुन थालेको छ भने ३२ घरका कृषकहरुको जीविका पार्जनमा सहयो पुगेको देखिन्छ। कृषकलाई ब्यावसायिक वन्नमा निरन्तरता दिनका लागि कृषि विकास वैंक संग समन्वय गरि सौलियत ऋणको ब्यावस्थापन गरान लागि परेको उद्योग सञ्चाला ईन्द्र बहादुर पराजुली बताउनु हुन्छ । उद्योग ब्यवसाय सञ्चालन गर्दै जादा विभिन्न खालका वाधा र अवरोध सिर्जना भएतानी समन्वय सहकार्यद्वारा अगाडि बढे सफलाताको सिढी चढ्न सकिने कुरा वडा सचिव टेक ब. कार्कीले बताउनु भएको थियो ।
समय र परिस्थिती अनुसारको वातावरणमा घुलमिल हुन र प्रविधीहरुको प्रयोग गर्नका लागि सोही अनुसारको आम्दानीको स्रोत बनाउनु जरुर रहेको हुदा गाउका सवै युवाहरु जागरुक भएर ब्यवसायमा लागि अनिवार्य आम्दानीको स्रोत बनाउनु पर्ने आजको आवश्क्ता रहेको कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनु भएको थियो । कृषकहरुको अन्तरक्रिया कार्यक्रममा उद्योग सुरुवात गरेदेखि हाल सम्मको समयवधीमा सवैभन्दा धेरै दूध उपलब्ध गराएर उद्योग सञ्चालनमा सहयोग पुर्याउने वडाध्यक्ष तथा कृषक तुलसी जङ्ग थापा र सफा, शुद्ध र राम्रो दूध उपलब्ध गराउने कृषक राजेन्द्र कुमार लिम्बुलाई नगद रु ५००÷५०० सयका दरले पोत्साहन स्वरुप पुरस्कार वितरण गरिएको थियो । उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि सन्तोष तिगेला र उद्योग सञ्चालक ईन्द्र ब. पराजुलीद्वारा उत्कृष्ट कृषकहरुलाई प्रदान गरिएको थियो। कार्यक्रममा बुद्वीजिवी तथा समाजसेवी दुर्गा सुब्बा, कृषक कल्पना दाहाल, पञ्चकन्या मा.वि.का प्रधानाध्यापक पदम प्रसाद फुयलले शुभकामना मन्तब्या राख्नुभएको थियो । कार्यक्रम वडाध्यक्ष तुलसी जङ्ग थापाको सभापतित्वमा सम्पन्न भएको थियो