पथरी उद्योग वाणिज्य संघमा धनकुमार तामाङ बिजयी, कस्ले कति मत पाए ?

पथरी उद्योग वाणिज्य संघमा धनकुमार तामाङ बिजयी, कस्ले कति मत पाए ?

पथरी, मोरङको पथरी उद्योग वाणिज्य संघमा धनकुमार तामाङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । सोमबार सम्पन्न १८ औँ चुनावी सभाले तामाङको नेतृत्वमा नयाँ कार्यसमितिलाई निर्वाचित गराएको हो ।

जम्मा खसेको मत १४ सय ५८ मध्ये तामाङले ७३८ मत ल्याए भने उनका प्रतिस्पर्धी दिपक बस्नेतले ६६८ मत ल्याए । बस्नेतलाई ५२ मतको अन्तरले पछि पार्दै तामाङ निर्वाचित भएका हुन् । तामाङ संयुक्त गठबन्धनका तर्फबाट साझा प्यानलका उम्मेद्वार हुन् भने बस्नेत नेकपा एमालेका तर्फबाट संस्थापन पक्षका उम्मेद्वार हुन् ।

बरिष्ठ उपाध्यक्षमा यादव दुलालले ७६१ मत र उनका प्रतिस्पर्धी ओमप्रसाद लिम्बूले ५६४ मत ल्याए । दुलालले १९७ मतान्तरले लिम्बूलाई पछि पार्दै निर्वाचित भएका हुन् । दुलाल संस्थापन पक्ष र लिम्बू साझा पक्षका उम्मेद्वार हुन् ।

उपाध्यक्ष पदमा आशा राईले ७५५ र उनका प्रतिस्पर्धी रविन राईले ५९४ मत प्राप्त गरे । रविनलाई १६१ मतान्तरले पछि पार्दै संस्थापन पक्षबाट आशा राई निर्वाचित भइन् ।

महासचिव पदमा राजेन्द्र बस्नेतले ७६० र अशोक साम्पाङले ५८७ मत ल्याए । साङपाङलाई १७३ मतान्तरले पछि पार्दै साझा प्यानलका तर्फबाट बस्नेत निर्वाचित भए । साङ्पाङ निवर्तमान महासचिव हुन् भने बस्नेत निवर्तमान कोषाध्यक्ष हुन् ।

वाणिज्य सचिव पदमा ईश्वरी सापकोटाले ५५७, खेमनाथ ढुङ्गेलले ४५३ र टुङकुमार श्रेष्ठले २७१ मत ल्याए । सापकोटाले १०४ मतले निकटतम प्रतिस्पर्धी ढुङ्गेललाई पछि पार्दै संस्थापन पक्षबाट निर्वाचित भए । श्रेष्ठ स्वतन्त्र उम्मेद्वार थिए ।

उद्योग सचिव पदमा प्रेम प्रसाद सुवेदी ६७० र मान बहादुर श्रेष्ठले ६४५ मत ल्याए । सुवेदीले २५ मतान्तरले श्रेष्ठलाई पछि पार्दै साझा प्यानलबाट निर्वाचित भए ।

कोषाध्यक्ष पदमा बिजयजंग बस्नेतले ७६२ र उद्दवराज बस्नेतले ५४० मत ल्याए । उद्दवराजलाई २२२ मतान्तरले पछि पार्दै बिजयजंग बस्नेत साझा प्यानलबाट निर्वाचित भए । पदाधीकारीमा सर्वाधिक मतान्तरले बिजयी भएका बिजयजंग पथरीका लोकप्रिय युवा व्यावसायी हुन् ।

खुल्ला सदस्यहरुमा ७२१ मत सहित निलम बस्नेत, ६११ मत सहित तुलसी लुनिया, ६५६ मत सहित इन्द्र बहादुर राई, ६०३ मत सहित हरिराज प्याकुरेल बिजयी भए । बिजयी हुने सदस्यहरु लुनिया र राई साझा प्यानल, बस्नेत र प्याकुरेल संस्थापन पक्षका हुन् । लुनिया पथरी उद्योग वाणिज्य संघका सबैभन्दा कान्छा उम्मेद्वार पनि हुन् । अन्य सदस्यहरु खेमराज निरौलाले ५६८, दुर्गाराज खत्रीले ४३१, पृथ्वी आलेमगरले ५१२, बलिदान चेम्जोङले ५७१ मत प्राप्त गरे । मगर र चेम्जोङ साझा प्यानलमा थिए भने निरौला र खत्री संस्थापन पक्षमा थिए ।

महिला सदस्यहरुमा देवी राई संस्थापन पक्षबाट ८६१ र जुनी थपलिया साझा प्यानलबाट ६७७ मत सहित बिजयी भए । संस्थापन पक्षकी महिला सदस्य मीता राईले ५२५ र साझा प्यानलबाट मूना पाण्डेले ४१३ मत ल्याए ।

यस्तै लेखा संयोजकमा ७२५ मत सहित संस्थापन पक्षबाट कृष्ण प्रसाद भट्टराई निर्वाचित भए । उनका प्रतिस्पर्धी साझा प्यानलका चन्द्र प्रसाद सापकोटाले ५११ मत ल्याए । लेखा सदस्यहरुमा साझा प्यानलका प्रदिप पराजुलीले ६८७ र संस्थापन पक्षका एल्सन बास्तोलले ६४० मत सहित निर्वाचित भए । साझा प्यानलबाट सन्तबीर विश्वकर्मा र संस्थापन पक्षबाट कृष्ण बहादुर श्रेष्ठले ५७१ मत ल्याए ।

यो निर्वाचनमा प्यानल भन्दा पनि व्याक्ति हेरेर मतदाताहरुले मतदान गरेको पाइएको छ । अध्यक्ष, महासचिव, कोषाध्यक्ष, उद्योग सचिव जस्ता मुख्य पद सहित ८ जना साझा प्यानलबाट निर्वाचित भएका छन् । यता वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, वाणिज्य सचिव, लेखा संयोजक सहित ८ जना संस्थापन पक्षबाट निर्वाचित भएका छन् ।

सम्बन्धित खवर