पथरी उद्योग वाणिज्यमा एक मात्र विकल्पः धनकुमार तामाङ

पथरी उद्योग वाणिज्यमा एक मात्र विकल्पः धनकुमार तामाङ

पथरी, मोरङको पथरी उद्योग वाणिज्य संघको १८ औँ चुनावी सभाले यतिवेला पथरी शनिश्चरेका व्यावसायीहरुलाई छपक्कै छोपेको ।
चुनावी प्रतिस्पर्धामा निवर्तमान अध्यक्ष दिपक बस्नेतको प्यानल र साझा गठबन्धनको धनकुमार तामाङ नेतृत्वको गरेको प्यानल स्थानिय व्यावसायीहरुसंग भोट मागि रहेका छन् ।

हाल चुनावी मैदानमा जित आफ्नो पक्षमा पार्न सघर्ष गरिरहेका दुवै उम्मेद्वारले व्यापार संघलाई अध्यक्षको भुमिकामा रहि एक-एक कार्यकाल पुरा गरिसकेको हुनाले पनि यति बेला बजारमा उनिहरुले अघिल्लो कार्यकालमा गरेका व्यापारीक न्याय सम्पादनको मुल्याङकनलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

भाद्र २८ गते हुने चुनावी सभाले नै आउदो ३ वर्षका लागि नेतृत्व चयन गर्ने भएका कारण पथरीमा पछिल्लो समय खस्कीदै गएको व्यापारलाई कस्तो नेतृत्वले उचो बनाउन सक्ला भन्ने महत्वपूर्ण निणर्य लिने समय आएको छ, यतिबेला पथरीशनिश्चरेका व्यापारीहरुलाई ।
हाल १ हजार ५ सय ८६ मतादाता रहेको व्यापार संघले अवको नेतृत्व विबेकपूर्ण ढंगबाट चुन्नु पर्ने बेला आएको छ ।

तामाङ नेतृत्वमा रहेको साझा समुहका उम्मेद्वारहरुले आफ्नो चुनावी प्रचार प्रसार तिब्र पारेको छ । यस पटक निवर्तमान अध्यक्ष दिपक बस्नेतको प्यानलन भन्दा तामाङ नेतृत्वको प्यानको पल्ला भारी भएको व्यापारीहरुको भनाइ छ । तामाङको नेतृत्व शैली, कार्यसम्पादन, शिष्टता, व्यापारीको दु:ख पिडामा अहोरात्र खटिने सरल र सहज व्याबहारकै कारण तामाङको विकल्प नभएको स्थानिय व्यावसायीहरुले ठम्मयाई छ ।

साविक मोरङको राजघाटमा जन्मिएका धनकुमार तामाङ ८ वर्षको उमेर देखि पथरी बजारमा बस्दै आएका स्थानीय व्यावसायी हुन् ।
स्थानीय व्यावसायीहरुलाई पिरमर्का परेका बेला सधैं साथ सहयोग गरिरहने धनकुमार कार्यसमितिमा नरहँदा पनि उत्तिकै सहयोगी भूमिका निर्वाह गरिरहेका छन् । साना देखि ठुला उद्योगी व्यावसायीका मन मनमा बस्न सफल तामाङ अहिले १८ औँ चुनावी सभामा आफ्नो अध्यक्ष पदका लागि भोट मागिरहेका छन् ।

तामाङ नेतृत्वको साझा प्यानलको नारा नै ‘‘पुराना योजनाको निरन्तरता, नयाँ योजनालाई प्राथमिकता’’ रहेको छ । पथरी, शनिश्चरे, हसन्दह लगायतका अधिकांश व्यावसायीहरुले तामाङको नेतृत्वमा रहेको प्यानलले नै निर्वाचन जित्ने आंकलन गरिरहेका छन् ।

सम्बन्धित खवर