को हुन् पथरी उवासंघमा महासचिवका प्रत्यासी बस्नेत ?

को हुन् पथरी उवासंघमा महासचिवका प्रत्यासी बस्नेत ?

माेरङकाे पथरी उद्योग वाणिज्य संघको १८ औँ चुनावी सभा गर्ने तयारी तिब्र भइरहेको छ । भाद्र २८ गते हुने चुनावी सभाका लागि २ वटा टिमले उम्मेद्वारी घोषणा गरेका छन् । धनकुमार तामाङ नेतृत्वको साझा प्यानलका तर्फबाट महासचिव पदमा पथरीका स्थापीत युवा व्यावसायी राजेन्द्र बस्नेतले उम्मेद्वारी दिएका छन् । बस्नेत निवर्तमान कोषाध्यक्ष पनि हुन् ।

बस्नेतले २०६६ सालदेखि महालक्ष्मी सुनचाँदी पसल तथा मनिट्रान्सफर सेवा सञ्चालन गरिरहेका छन् । १० लाख लगानी गरेका बस्नेतले अहिले आफ्नै पसलमा करोड माथीको कारोबार गरिरहेका छन् । सामाजिक रुपमा स्थापित बस्नेतले २८ वर्षको उमेर देखि नै व्यापार व्यावसाय सुरु गरेका हुन् । २०७१ साल देखि बस्नेतले मोरङकै लेटाङमा पनि शाखा खोलेर व्यावसाय सञ्चालन गरिरहेका छन् । २०६४ देखि २०७२ सम्म ८ वर्ष नगरकै सिंहबाहिनी माविमा अध्यापन पेशा समेत अंगालेका बस्नेतले समाजशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।

वाणिज्य संघका निवर्तमान कोषाध्यक्ष रहेका बस्नेत लायन्स क्लव अफ योङहर्टका पूर्व अध्यक्ष (२०१९–२०२०) समेत हुन् । पथरी जेसिजका पूर्व अध्यक्ष (२०१६), नेपाल जेसिज जनसम्पर्क अधिकारी (पि.आर.ओ) २०२१ समेत भएका सफलता पूर्वक जिम्मेवारी पुरा गरे बस्नेतले । बस्नेतले वाणिज्य संघमा कोषाध्याक्ष रहँदा परम्परागत शैलीमा रहेको कारोबारलाई बैकिंक प्रणालीमा परिणत गरे ।
– अनियमित रुपमा हुने बैठक खाजा खर्च नियन्त्रण गरे ।
– संघको कोष वृद्धिमा सहयोग गरे ।
– अनावश्यक भ्रमण खर्चको नियन्त्रण गरेर कोष बृद्धि गरे ।
– उनकै कार्यकालमा सुरुभएको भवन निर्माणको कामलाई अघि बढाउन आवश्यक कोष जुटाए ।
– उनकै कार्यकालमा ५३ लाख ५० हजारमा संघले ३ कठ्ठा २ धुर जग्गा खरिद ग¥यो ।
– भवनको निर्माण अझै निरन्तर रहेको छ ।

१ करोड ४९ लाखको लागतमा भवन निर्माणाधिन अवस्थामा रहेको छ । अझै अपुग रकम करिब २६ लाखभन्दा बढि रकम भुक्तानी गर्न बाँकी रहेको अवस्था छ । बस्नेतले साना व्यापारीको समस्यामा सधै साथ दिइरहेका छन् । पथरीमा रहेको शान्ति मार्केटका व्यावसायीको उचित व्यवस्थापनमा सहयोग गरेका बस्नेतले स्थानीय सरकारसंग पनि निरन्तर सहकार्य गरिरहे । पथरीकी व्यावसायी रिना बस्नेतको रहस्यमय मृत्यु प्रकरणमा वाणिज्य संघका कोही पदाधिकारी चुइक्क नबोलेको अवस्थामा बस्नेत एक्लै सडक संघर्षमा होमिएका थिए । यतिमात्रै हैन् बारा पर्सामा आएको हुण्डरीका कारण घरबार बिहिन भएकाहरुको पिडामा मलम पट्टि लगायन पनि बस्नेतले वाणिज्य संघको तर्फबाट नेतृत्व गरेका थिए ।

निडर, हक्की स्वभाव भएका बस्नेत सबैका प्रिय र मिजसिला पात्र हुन् । सहयोगी परोपकारी मन भएका बस्नेतको आर्थिक पारदर्शिताकै कारण बस्नेत माथी कुनैपनि आलोचनाका औलाहरु उठ्न सकेका छैन्न । व्यावसायीको पिडामा सक्रियताका साथ अहोरात्र खटिरहने बस्नेतले आगामी निर्वाचनमा महासचिव पदमा उम्मेद्वार बनेका छन् । आगामी दिनमा व्यावसायीको हितका लागि निम्नकुराहरु अझै गर्ने उनको प्रतिबद्धता रहेको छ ः
– व्यापारीका आम समस्य समाधानका लागि पहल गर्ने ।
– वर्षमा कम्तीमा २ पटक सेल (विशेष छुटका साथ बिक्री गर्ने) मार्केट लगाउन पहल गर्ने ।
– निर्माणाधिन भवनलाई सम्पन्न गर्न जस्तोसुकै पहल कदमी गर्ने ।
– महिलालाई विशेष प्राथमिकताका साथ व्यावसायमा प्रोत्साहन गर्ने ।
– मुख्य मुख्य चोकमा सिसि क्यामेरा जडानलाई प्राथमिकतामा राख्ने ।
– व्यावसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउने ।
– व्यावसायीहरुलाई आधुनिक प्रविधिको तालिम गराई घरबाट नै कर तिर्न सक्ने बनाउने ।
– बजार क्षेत्रमा सडक बत्ती जडानका लागि पहल गर्ने ।

महासचिवमा अत्याधिक बुहमतले जित्न सक्ने स्थानीय व्यापारी व्यावसायीहरुको अनुमान छ । सधैँ अरुको पिडामा सहयोगका लागि लागिरहने बस्नेतको पल्ला भारी भएको छ । साना देखी ठुला व्यावसायीहरुलाई परेका हरेक समस्यालाई समान दृष्टिले हेर्दै व्यापारिको हक हित र शुरक्षाको पक्षमा डटेर अग्रपंक्तिमा उभिने उनको स्वाभाव भएकै कारण पनि १८ औँ चु्नावी सभाबाट बस्नेत नै आउनु पर्ने स्थानिय एक व्यावसायीेले बताए ।

बस्नेतलाई बजारमा सवैका साझा उम्मेद्वारका रुपमा हेरिएको छ । उनको सरल स्वाभाव सहयोगी भाव र परोपकारी सोचका काराण नै बस्नेतका प्रतिस्पर्धी दिपक बस्नेत प्यानलका अशोक कुमार राईको भन्दा बजारमा उनकै लोकप्रियता रहेका कारण बस्नेतको पक्षमा अत्याधिक मत खस्ने पथरीको दोस्रो ठुलो बजार शनिश्चरेका एक व्यावसायीको दावि छ ।

सम्बन्धित खवर