टुङ कुमार श्रेष्ठ वाणिज्य सचिवका स्वतन्त्र उम्मेद्वार

टुङ कुमार श्रेष्ठ वाणिज्य सचिवका स्वतन्त्र उम्मेद्वार

पथरी । भदौ २८ गतेका लागि तय भएको पथरी उद्योग वाणिज्य सघको चुनावमा स्वतन्त्र उम्मेद्वार बनेका छन् ।
विगत २५ वर्ष देखी पथरीमा विभिन्न व्यापार गर्दै आएका श्रेष्ठले सघको १८ औँ चुनावी सभामा वाणिज्य सचिव पदमा आफ्नो उम्मेद्वारी दिएका हुन् ।
पछिल्लो समय विभिन्न सघ-सस्थाका चुनावमा राजनैतिक दलको प्रभाव पर्ने गरेको छ ।
पथरी उद्योग वाणिज्य पनि यस प्रभाव बाट अछुतो छैन् । उद्योग वाणिज्य सघको नेतृत्व हत्याउन यति बेला निर्वमान अध्यक्ष दिपक बस्नेत नेतृत्वको नेकपा एमालेको एउटा प्यानल र धनकुमार तामाङ नेतृत्वको काग्रेस सहित सयुक्त साझा प्यानल चुनावी मैदानमा उत्रिएको छ ।
२ ठुला राजनैतिक दलको प्रभाव रहेको वाणिज्य सघको वाणिज्य सचिवमा उनले दिएको उम्मेद्वारीलाई अर्थपूणर् रुपमा हेरिएको छ ।
पथरीमा “रोजा श्री टे्रडर्स” का संचालकका रुपमा स्थापित भएका पुराना र नया व्यावसायी माझ चिनिएका युवा व्यावसायी श्रेष्ठको लोकप्रियाता पनि लोभलाग्दो रहेको छ ।
कक्षा ८ मा अध्ययन गर्दै गर्दा परिवारले संचालन हुदै आएको किराना पसलमा फुर्सदको समयमा सहयोगीको रुपमा काम गर्दै जादा व्यावासय प्रति लगाव बढ्दै गएको श्रेष्ठको भनाई छ ।
सोही लगावका कारण श्रेष्ठले २०५७ सालमा आफ्नै लगानीमा पथरी स्थित विपी चौकमा शिसा पसल खोलेर व्यावसायीक यात्रामा हात हाले ।
आफ्नै लगानीमा सुरुवात गरेको शिसा पसललाई ४ वर्ष सम्म संचालन गरेपछि उनले व्यावसायीक यात्रालाई नया ढंगवाट अगाडी बढाउदै “रोजा श्री टे्रडर्स” नामको व्यापारीक केन्द्र संचालनमा ल्याए ।
त्यसपछि सोही मातहतमा रहेर श्रेष्ठले मनि टा्रन्सफरको सेवालाई पनि बिस्तार गर्दै लगे हाल उनले सोही व्यावसायलाई निरन्तरता दिदै आएका छन् ।
व्यावसाय मात्रै सिमित नभई श्रेष्ठले सामाजिक सघ-सस्थामा पनि सक्रिय रुपमा रहेका छन्् आदिवासी जनजाति महासघको सदस्य, भिमेश्वर वचत तथा ऋण सहकारी सस्थाको उपाध्यक्ष र कन्तुर वहुउदे्श्य सहकारी सस्थाको संचालक समिति सदस्य पदमा रहेर कार्य गर्दै सघ सस्था संचालनको पनि राम्रो अनुभव बटुलेका युवा हुन् ।
यस्तै श्रेष्ठ उद्योग वाणिज्यको १६ औ चुनावी सभामा मनोनित सदस्यका रुपमा रहेर वाणिज्य सघको पनि अनुभव बटुली सकेका छन् ।
स्थानिय स्तरमा स्थापना भएका सघ-सस्थामा राजनिति हावी हुन नहुने मान्यता राख्ने श्रेष्ठले १८ औँ चुनावी सभामा स्वतन्त्र रुपमा वाणिज्य सचिवमा उम्मेद्वार बनेका छन् ।
खस्कदै गएको पथरीको व्यावसाय लाई चलाएमान बनाउन र व्यावासायीको हितमा काम गर्नु नै आफ्नो पहिलो धर्म रहेको श्रेष्ठले बताए ।
उनि भन्छन् अव आउने नेतृत्वले व्यासायीको हक, हित र संरक्षणमा ध्यान दिनु पर्ने श्रेष्ठको भनाई छ । कुन पार्टीको प्रतिनिधिले चुनाव जित्यो भन्नु भन्दा पनि व्यावसायीको हित र व्यापारीलाई परेका दुखमा साथ दिने व्याक्तिलाई चुनेर ल्याउनु पर्ने उनको तर्क छ ।

सम्बन्धित खवर