लिटमस केबलको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल र मधु हमाल भट्टराई नियुक्त

लिटमस केबलको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमाल र मधु हमाल भट्टराई नियुक्त

लुम्बिनी विद्युत उद्योग प्रा.लि.ले आफ्ना उत्पादनहरुको प्रवर्धन एवं विस्तार गर्नको लागि नेपाली चलचित्र जगतका महानायक राजेश हमाल तथा मधु हमाल भट्टराईलाई ब्राण्ड एम्बेसरडको रुपमा नियुक्त गरेको छ । २ वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रबर्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा महानायक एवं मधुको उपस्थिति हुने छ । आफ्नो नयाँ संरचनाको विकास गरी क्वालिटिमा नम्बर १ लिट्मस केवल ब्राण्डबाट आफ्नो विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको छ ।

लुम्बिनी विद्युत उद्योग प्रा.लि,सन् १९७७ मा स्थापित नेपालको पहिलो एल्मुनियम कन्डक्टर स्टिल रेनफोर्स निर्माण कम्पनी हो । कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । चार दशकदेखि कम्पनीले विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्र्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एडभान्स मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आइको छ । यससँगै कम्पनीले आफ्नो उत्पादन ठूलो क्षेत्रलाई अझै फराकिलो पार्दै, नेपालकै अग्रणी एवं ठूलो कम्पनी बन्न सफल भएको छ ।

“कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्दित भई क्वलिटिमा नम्बर १ रहनको लागि हालै आधुनिक जर्मन प्रविधियुक्त मेसिनहरुको प्रयोग समेत गर्दै आइरहेको र नेपालको सबैभन्दा ठूलो केबल निर्माता कम्पनी बन्न सफल भएको” कुरा कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक श्री रोहित गुप्ताले बताउनु भयो ।

“ब्राण्ड एम्बेसडरमा हामीलाई नियुक्त हुन अगाडी हामीले कम्पनीका विभिन्न उत्पादन युनिटहरुको अबलोकन एवं जानकारी हासिल ग¥यौं । वास्तवमै यस्तो आधुनिक जर्मन प्रविधिको प्रयोग गरी यति ठूलो क्षेत्रफलमा विद्युत केबल उत्पादन गर्ने सम्भवत यो नै पहिलो नेपाली कम्पनी हो भनेर हामी विश्वस्त भयौं ।” राजेश हमालले भने ।

लुम्बिनी विद्युत उद्योग लि. नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूह मध्ये एक, रमेश कर्पको भगीनी संस्थाका रुपमा रहदैं आएको छ । कम्पनी बुटवल औद्योगिक क्षेत्र, बुटवलमा अवस्थित छ ।

 

सम्बन्धित खवर