पथरी / आगामी २८ गते हुने उद्योग वाणिज्यसंघ पथरीको चुनावी मैदानमा आफुले पनि उम्मेद्धारी दिने युवा व्यवसायी तुलसि लुनियाले घोषणा गरेका छन् । उनले पथरी उद्योग वाणिज्य संघलाई आधुनिक सुचना र प्रविधिमैत्री बनाउने प्रतिवद्धतासहित उम्मेद्वारी घोषणा गरेका हुन् ।
छोटो समय र सानै उमेरमा ब्यापारमा पो्ख्क्त भएका लु्निया पथरीकै पुरानो पसल महाविर खाद्ययन्य खरिद विक्री केन्द्रका सञ्चालक महाविर लुनियाका छोरा हुन् । उनि हाल टेक संसार प्रा लि कम्पनी द्धारा आई टि संबन्धी काम गदै आएका छन् । पथरी ब्यापार संघका संस्थापक अध्यक्ष लाल चन्द लुनियाका नाति तथा वर्तमान कार्यसमितिमा सदस्य समेत रहेकी मिरादेवि लुनियाका सुपुत्र हुन् ।
हरेक ब्यापारीलाई प्रविधी मैत्रि वनाउदै बाणिज्य संघको सदस्यता घर बसि बसि नविकरण गर्ने र व्यापार संघको हरेक सुचना तथा गतिविधी सदस्य माझ मोवाइल मार्फत जानकारी गराउन, ब्यापारीलाई मोटिभेसन तालिम र अन्तरक्रृया गर्न आवश्यक रहेका कारण आफू उमेदवार बनेको लुनिया बताउछन ।
समय संगै ब्यापारमा आधुनिकिकरण गर्दै छोटो समयमा लोक प्रिय बनेका २४ बर्षे ठिटो लुनियाा अनलाईनबाट आफ्नो कारोबारलाई प्रदेश नं. १ भित्र ब्यापार फैलाउदै अघि बढेका युवा हुन । उनि खल्ती डिजिटल वालेट प्रदेश नं एकका प्रमुख हुन भने एन सि एलका कर्पोरेटका मेचि कोसी सुपर भाइजर समेत रहेका छन । संघ र ब्यापारीलाई आधुनीक ढङगबाट कोठैमा बसेर पनि व्यापार गर्न सकिन्छ र ग्राहाकलाई सन्तुष्ट बनाउन सकिन्छ भन्ने उदाहरण लुनियाले गएको लकडाउनमा समेत देखाई सकेका छन ।
सबै व्यापारीलाई बिना झन्झट सुचना प्रदान गर्दै अनलाईन सिस्टममा बाधि एकीकृत गर्ने अभियान लिएका लुनिया २८ गते हुन गएको पथरी उद्योग बाणिज्य संघको चुनावमा सदस्य पदमा उमेदवार घोषणा गरेका छन । लुनिया पुरानो सिस्टम बुझ्दै नयाँ सिस्टम लागू गर्ने उदेश्यका साथ केही सिक्ने र जानेको सिकाउन आफू सदस्यमा उमेदवारी दिएको बताउछन ।
सडकको फुटपातका व्यापारी देखि सपिङ महलका व्यापारीहरु एकै भएको र उनिहरुले हरेक समय व्यापार संघको गतिविधी पार्दशी ढगले हेर्न र बुझ्नका लागि अब सबै व्यापारी र सघ अनलाईन प्रणालीमा भित्रिनु पर्ने लुनियाको भनाई छ ।