विराटनगर : नेपाल अग्रवाल युवा मञ्च विराटनगरले अग्रवाल युवा शक्ति दिवसको अवसरामा बाल सुधार गृहमा खेलकुद सामाग्री प्रदान गरेको छ । शनिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी खेलकुद सामाग्री वितरण गरिएको हो ।
बालबालिकालाई खेलकुदमा हौंसला प्रदान गर्नका लागि खेल सामाग्री प्रदान गरिएको आयोजकले जनाएको छ ।
युवा मञ्चले लुडो ३ सेट, चेस २ सेट, फुटबल २ थान, भलिबल १ थान, ब्याडमिन्टन २ सेट, कोर्क २ रोल र क्यारम बोर्ड २ सेट प्रदान गरेको हो ।
कार्यक्रममा नेपाल अग्रवाल युवा मञ्चका अध्यक्ष प्रदिप अग्रवाल, सचिव चेतन अग्रवाल लगागतको उपस्थिति रहेको कार्यक्रम संयोजक तथा अधिवक्ता मयुर अग्रवालले जानकारी दिए ।