वडा सभापतिमा सुवास तामाङको दाबी

वडा सभापतिमा सुवास तामाङको दाबी

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिका-३ को सभापतिमा सुवाश तामाङले वडा सभापतिमा आफ्नो उम्मेद्वारी रहने दावि प्रस्तुत गरेका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु भए सँगै वडा देखि केन्द्र सम्म उम्मेद्वारी घोषणाको दावि गर्ने रौनक छाउदै गएको छ । यद्यपी मोरङमा भने क्रियाशिल को विषय टुङगिन नसक्दा उम्मेद्वारहरुको टुङगो लाग्न सकेको छैन ।
पार्टी गतिविधीमा सक्रिया भुमिका देखाउदै आएका तामाङले १४ औँ महाधिवेसनमा आफुलाई वडा सभापतिका रुपमा चुनावी मैदानमा उत्रने बताएका हुन् ।
नेपाल तरुण दलको वडा सभापति भइ काम गरेका तामाङ भातृ संगठनबाट माउ पार्टीको राजनीतिमा प्रवेश गर्न लागेका हुन् । माउ पार्टीमा रहेको क्लव प्रथाको परीपाटीलाई निमिट्यान्न् पार्न आफु मुल बाटोमा जान लागेको बताए।
राजनीतिमा पुस्ता हन्तान्तरण भए मात्र संगठन दर्बिलो हुन्छ भन्ने लोकतान्त्रिक सोच भएका तामाङ आफु निर्वाचित भए वडा नम्वर ३ मा वडा स्तरिय पार्टी कार्यालय स्थापनाका लागि भवन निर्माण र भुमी व्यावस्थापनमा जुट्ने समेत बताउछन् ।

सम्बन्धित खवर