कानेपोखरी, अवैध हातहतियार राखेको भन्ने बयानका आधारमा पक्राउ परेका मोरङ कानेपोखरी ६ शिवालयका पूर्णबहादुर बोहोरा निर्दोष रहेको उनको परिवारले बताएको छ ।
पूर्णबहादुरलाई सुनुयोजित ढंगले फसाउन खोजेको र सत्य, तथ्य छानबिन गरि निर्दोषलाई नफसाइयोस भन्दै पूर्णबहादुरका दाई महेन्द्र बोहोराले प्रेस विज्ञप्ति जारी गर्दै रिहाइको माग गरेका छ्न् ।
उनले भने, मेरो भाई परिवारमा अनुशासित र पारिवारिक जिम्मेवारी बोकेको व्यक्ती जसले सामाजिक, राजनीतिक क्रियाकलापमा भाग लिइ असल नागरिकको छवि बनाएको छ । यस्तो व्यक्तीले पेस्तोल जस्तो अवैंधानिक हतियार ल्याएर रूद्रबहादुर क्षेत्रीलाई दिएको भन्ने कुरामा हामी सतप्रतिशत असहमत छौँ ।
हालसम्म समाजमा कुनै प्रकारको अवैंधानिक, अवाच्छित, अपाच्य, नकारात्मक कार्यमा संलग्न नरहेको कुरा समाज र परिवारलाई अवगत नै छ, यो सरासर मानहानी, मानव समवेदनासँगको खेलवाड भएको परिवारले जिकिर गरेको छ। भदौं १५ गते मध्यरात १२ बजे आफ्नो घरमा आराम गरिरहेको अवस्थामा हातहतियार सहित पक्राउ परेका रूद्रबहादुर अमरा क्षेत्रीले पूर्णबहादुरले हातहतियार राख्न दिएको हो भनी जाहेरी दिएको छ भन्दै अनुसन्धानका लागि पक्राउ गरिएको उनलाई कुनै ठोस अनुसन्धान बिनै सार्वजनिक गर्नु आपत्तीजनक भएको महेन्द्र बोहोराले जानकारी दिए । उनले यस घटनामा लामो समयदेखी योजनावद्ध तरिकाले लागेर एक इमान्दार, निर्दोष मान्छेको छवि धव्स्त पार्न खोजिएको बताए।
पूर्णबहादुरकि श्रीमती सुनिताले भनिन, उहाँसँग सहयात्रा गरेको करिब २० बर्ष भइसकेको छ, कसैलाई असहज, अप्ठ्यारो पर्यो भने आफैं गएर सहयोग गर्नुहुन्छ । अहिलेसम्म कोहिसँग झैझगडा, दुश्मनी, रिसराग भएको मलाई थाहा छैन, म त उहाँलाई सबैभन्दा नजिकबाट चिन्छु कसरी विश्वास गँरू उहाँले यस्तो अवैधानिक काम गर्नुभयो भनेर भन्दै भावुक भइन। उक्त व्यक्ती रूद्रबहादुर अमरा क्षेत्री १५ दिन अघि मातेर रातको समयमा आई पूर्ण दाईलाई कसरी फसाउँनुपर्छ भन्दै धम्क्याएको सुनिताले बताँइन । उनले भनिन, हाम्रो घरमा सानो पसल छ, त्यस रात हामि सुत्नलाई तरखरैमा थियौं । बाहिर पसलमा कोही आएको जस्तो लाग्यो र मैले छोरालाई बाहिर पठाए, बाहिर रूद्र जि आउँनुभएको रहेछ । उहाँले राम्रोसँग नै बियर मागेपछी मेरो छोरोले दिएछ । र केहि समयपछि कोहि कराए जस्तो लाग्यो र म बाहिर निस्के, त्यसबेला रूद्र जि बियर खादैँ मलाई कस्ले के गर्न सक्छ रु मैले चाहे भने जे नि गर्न सक्छु । अब हेर्नु पूर्ण दाईलाई कसरी फसाउँछु भन्दैँ बर्बराउँदै हुनुहुन्थ्यो । मैले त्यसबेला उहाँ मातेको अवस्था देखेर वादविवाद गर्न चाहिन ।
पूर्णबहादुरका अर्का दाई खगेन्द्र बोहोराले रूद्रबहादुरको नैतिक चरित्र पहिल्यैदेखीनै ठिक नभएको बताए । करिब ४ बर्ष विभिन्न असामाजिक क्रियाकलापमा संलग्न भई जेल जीवन बिताएर १ बर्ष अघि मात्र उनी घर आएका सुनाए ।
सत्य, तथ्य कुनै हस्तक्षेप बिना अनुसन्धान होस, इमान्दार व्यक्तीलाई किन फसाँउन खोजियो र हातहतियारसहित पक्राउ परेका व्यक्तीको इतिहासबारे बुझियोस साथै निर्दोष नफसोस भन्दै स(परिवारले न्याय र रिहाइको माग गरेका छ्न् ।
घटना के हो ?
सशस्त्र प्रहरी बल सुरक्षा बेस पथरीशनिश्चरे र प्रहरी चौकी रमाइलोको संयुक्त टोलीले भदौ १५ गते राति ११ः१५ बजेतिर ३० वर्षीय रुद्रबहादुर क्षेत्रीलाई आफ्नै घर कानेपोखरी ०६, शिवालय टोलबाट पक्राउ गरेको थियो । क्षेत्रीले घरमै लुकाएर राखेको अवस्थामा मेड इन युएसए लेखिएको एउटा पेस्तोल, तीन राउन्ड गोली र एउटा खुकुरी फेला परेको थियो ।
क्षेत्रीले दिएको बयानका आधारमा प्रहरीले स्थानीय ३० वर्षीय पूर्णबहादुर बोहोरालाई पनि पक्राउ गर्यो । तर हतियारसँग जोडिएको क्षेत्री र बोहोराबीचको सम्बन्धका बारेमा भने प्रहरीले हालसम्म केही खुलाएको छैन, अनुसन्धानकै क्रममा रहेको छौँ भनेर भनिरहेको छ । दुवै जनालाई इलाका प्रहरी कार्यालय पथरीमा राखेर आवश्यक अनुसन्धान गरिरहेको मोरङ प्रहरीका डिएसपी दिपक श्रेष्ठले जनाए ।