ग्लोबल आइएमई बैंकद्वारा बाढी पीडितलाई राहत वितरण

ग्लोबल आइएमई बैंकद्वारा बाढी पीडितलाई राहत वितरण

नवलपरासी / ग्लोबल आइएमई बैंक लिमिटेडले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई राहत वितरण गरेको छ । बैंकले नवलपरासीको बर्दघाट सुस्ता पश्चिममा अविरल वर्षाका कारण आएको विनाशकारी बाढीबाट प्रभावितहरुलाई राहत सामग्री वितरण गरेको हो ।

बैंकले विपतबाट प्रभावित नवलपरासी बर्दघाट सुस्ता पश्चिम, रामग्राम नगरपालिका वडा नं. १८ पम्फापुरका १३५ घरपरिवारलाई चामल, चिउरा, दाल, नुन, तेल, बेसार तथा मिनरल वाटर (पानी) लगायतका सामग्री वितरण गरेको हो । बैंकको लुम्बिनी प्रादेशिक कार्यालयले रामग्राम नगरपालिकासँग समन्वय गरी शाखा कार्यालयहरु भुमही र परासीको संयोजकत्वमा उक्त राहत सामग्रीहरु वितरण गरिएको जनाएको छ ।

सम्बन्धित खवर