दार्चुला घटनामा भारतीय एसएसबीको संलग्नता – छानबिन समितिको

दार्चुला घटनामा भारतीय एसएसबीको संलग्नता – छानबिन समितिको

काठमाडौँ / दार्चुला घटनामा भारतीय सुरक्षा बल (एसएसबी) को संलग्नतामै रहेको ठहर भएको छ । जयसिंह धामी महाकालीको तुइनबाट खसेर भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले बनाएको समितिले भारतीय एसएसबीको घटनामा संलग्नता रहेको ठहर गरेको हो । समितिले मंगलवार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो ।

छानबिन समितिले प्रतिवेदन बुझाएपछि गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘समितिले उक्त घटना भारतीय एसएबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन भारतीय पक्षसँग कूटनीतिक माध्यमबाट पहल गर्न साथै आश्रित परिवारलाई नेपाल सरकारका तर्फबाट पालनपोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न सिफारिस गरेको छ ।’

सम्बन्धित खवर