बारा / बाराको सिम्रौनगढ नगरपालिका–६ मा रहेको विद्यायक होटलबाट पेस्तोलसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिम्रौनगढ–४ घर भएका ३५ वर्षीय राजेश प्रसाद यादब र २० वर्षीय जितेन्द्र प्रसाद कुशवाहा छन् ।
एउटा अमेरिकन पेस्तोल र दुईथान म्याग्जिन सहित उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । प्रदेश–२ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले मंगलबार ‘मेडइन युएसए–७७७७०’ नम्बर लेखिएको पेस्तोल बरामद गरेका हुन् ।अरोपीहरुले सो पेस्तोल किन र कहाँबाट ल्याए भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी गौतम मिश्रले बताए ।