अभिभावक गुमाएका बिद्यार्थीहरुका लागी दुई बिद्यालयमा अक्षयकोषको स्थापना

अभिभावक गुमाएका बिद्यार्थीहरुका लागी दुई बिद्यालयमा अक्षयकोषको स्थापना

रेवत पारघरी लिम्बु
तेह्रथुम / तेह्रथुम जिल्लाको छथर गाउँपालिका ४ फक्चामारामा रहेको दुई बिद्यालयमा एकै साथ छात्राबृत्ती अक्षयकोष स्थापना गरीएको छ । छथर गाउँपालिका ४ फाक्चामाराको हाक्पारामा जन्म भई शिक्षा आर्जनको शिलसिलामा आधरभुत तह युकेमा अध्यायन गरि माध्यमिक तह नवीन शिक्षा सदन मा.वि.फाक्चामाराबाट एस. एल. सी. उत्तीर्ण गरेका चन्द्रकला ईमेहाङ्ग कर्मथलोको रुपमा हाल युकेमा रहनु भएको छ ।

समाजसेवी ईमेहाङले एकै साथ आफु जन्मेको गाउको दुई विद्यालयमा अक्षयकोषको स्थापना गरेका हुन । ईमेहाङ्गले आफ्नो ४१ औ जन्म उत्सवको अवसरमा छथर गाउँपालिका ४ साविक फाक्चामारा १ हाक्पारामा रहेको जलकन्या आधारभुत बिद्यालयमा उनका आमा स्व. गंगादेबी लिम्बुको स्मृतीमा १ लाख १० हजार रुपैयाँको स्व. गंगादेबी स्मृती छात्राबृत्ती अक्षयकोष र छथर गाउँपालिका ४ फाक्चामारा साविक वडा नं. २ बतासेमा रहेको सिद्धगेणश माध्यमिक बिद्यालयमा उनका दाजु स्व. ओम प्रकाश लिम्बुको स्मृतीमा १ लाख बराबरको स्व. ओम प्रकाश स्मृती छात्राबृत्ती अक्षयकोष स्थापना गरेका छन । उक्त अक्षयकोषबाट बिद्यालयमा अध्यायनरत अभीभावक गुुमाएका अनाथ तथा असाहय बिद्यार्थीहरुलाई छात्राबृत्ती प्रदान गर्ने उदेश्यका साथ चन्द्रकलाले अक्षयकोष स्थापना गरेको बताए ।

जलकन्या आधारभुत बिद्यालयमा अक्षयकोष दाताको तर्फबाट आईतबहादुर ईमेहाङले बिद्यालयका प्रधानध्यापक तेजबहादुर लिम्बु र विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष तोकेन्द्र लिम्बुलाई अक्षयकोषको नगद रकम र प्रमाणपत्र प्रदान गरेका थिए । त्यस्तै सिद्धगणेश माध्यमिक बिद्यालयमा अक्षयकोष दाताको तर्फबाट पुर्व बिद्यालय ब्यावस्थापन समितीका अध्यक्ष सिद्धीमान लिम्बुले बिद्यालय ब्यावस्थापन समितीका अध्यक्ष जयराम लिम्बु र प्रधानध्यापक युकेन्द्र लिम्बुलाई प्रदान गरेका थिए । चन्द्रकलाले यस अघी पनि छथर ४ फाक्चामारामा रहेको नविन शिक्षा सदन माध्यमिक बिद्यालयमा ४० जना अनाथ विद्यार्थीहरुलाई छात्राबृत्ती र छथर जोरपाटी गाउँपालिका ५ परेवादिन धनकुटामा रहेको दिब्यश्वरी आधारभुत बिद्यालयमा अक्षयकोष स्थापना गरि सकेका छन । ईमेहाङ्गले आमा तथा बुवा गुमाएका अनाथ बिद्यार्थीहरुलाई समस्या भए जुनसुकै समयमा पनि सहयोग गर्ने प्रतिबद्धता गरेका छन ।

सम्बन्धित खवर