सेनिटाइजर पिएर एक जनाको मृत्यु

सेनिटाइजर पिएर एक जनाको मृत्यु

धनगढी / सेनिटाइजर पिउँदा कैलालीमा एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१२ का टीकाराम बराइलीले भदौ ९ गते सेनिटाइजर पिएका थिए । उनको उपचारका क्रममा शुुक्रबार मृत्युु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुुसार सेनिटाइजर पिएका बराइली स्वास्थ्यमा समस्या देखिएपछि शुुक्रबार जुुगेडामै स्थानीय मेडिकलमा पुुगेका थिए । त्यहाँ उनलाई स्लाइन चढाइएको थियो । समान्य उपचारपछि घर फर्किएका उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि त्यसै दिन राति धनगढीकै निसर्ग अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ । तर उनले सेनिटाइजर किन पिए भन्ने कुरा नखुुलेको प्रहरीले बताइएको छ ।

सम्बन्धित खवर