आइइएमआइएस कार्यशाला

आइइएमआइएस कार्यशाला

पथरी / मोरङको पथरी शनिश्चरे नगरको शिक्षा, युवा खेलकुद शाखाले सामुदायिक विद्यालयहरुका लागि एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (आइइएमआइएस) सम्बन्धी २ दिने अभिमुखिकरण कार्यशाला सम्पन्न गरेको छ ।

नगरको शिक्षा, युवा खेलकुद शाखाका अधिकृत नवीन खुलाल बुढाथोकी र शिक्षक रोहिणी घिमिरेले कार्यशालाको सहजिकरण गर्नुभएको छ । कार्यशालामा नगरका सामुदायिक तथा संस्थागत विद्यालयका आइइएमआइएसको काम गर्ने फोकल शिक्षकहरुको सहभागिता रहको थियो । कार्यक्रममा, नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, सामाजिक विकास समितिका संयोजक कपिलमणि ढकाल सहितको आतिथ्यता रहेको थियो ।

सम्बन्धित खवर