अपाङ्ता भएका व्यक्तिहरुका लागि सहयोगी सामग्री

अपाङ्ता भएका व्यक्तिहरुका लागि सहयोगी सामग्री

पथरी / मोरङको पथरी शनिश्चरे नगर क्षेत्रका शारीरिक अपाङ्ता भएका व्यक्तिहरुका लागि सहयोगी सामग्री वितरण सुरु गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन् र नगरपालिकाको सहकार्यमा अपाङ्ता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत सहयोगी सामग्री वितरण थालिएको हो ।

नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, १ नम्बर वडाध्यक्ष बाबुराम एङदेन, २ नम्बर वडाध्यक्ष यामप्रसाद गुरागाईं, ३ नम्बर वडाध्यक्ष डम्बरबहादुर चेम्जोङ सहितका जनप्रतिनिधिको उपस्थितीमा विहिवार वडा नम्बर १, २ र ३ को वडा कार्यालयबाट ती क्षेत्रका व्यक्तिहरुका लागि सामग्री वितरण गरिएको हो ।

वडा नम्बर १ मा ५ जना, २ मा ५ जना र ३ मा ८ जनालाई सामग्री वितरण भएको हो । जसमा, ह्विल चियर, वैशाखी, टवाइलेट चियर, सेतो छडी, ट्राइसाइकल, वाकर, एल स्टीक, ट्राइपोड स्टीक, कान सुन्न सहयोग पुर्याउने मेसिन सहितका सामग्री वितरण भएका हुन् । वितरण कार्यमा करुणा फाउण्डेशनका उमेश कुँवर, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल, समुदायमा आधारित पुनस्र्थापना सहजकर्ताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर