हाँस्य कलाकार खबपु दुर्घटनामा घाइते

हाँस्य कलाकार खबपु दुर्घटनामा घाइते

काठमाडौं / हास्य कलाकार खड्ग बहादुर पुन (खबपु) दुर्घटनामा परेका छन् । बिहिबार साँझ ७ बजे काठमाडौंको बाँनियाटारस्थित घरबाट बाहिर निस्कने क्रममा बिपरीत दिसाबाट आएको ट्रकलाई साइड दिने क्रममा उनी सवार स्कुटी स्कुटी चिप्लिएर दुर्घटनामा परेका हुन् ।

दुर्घटनाबाट अनुहार, हात र खुट्टामा चोट लागेपछि बिहीबार रातिनै सामान्य उपचारगरि उनी घर फर्किएका छन् । अहिले उनको अवस्था सामान्य रहेको छ । खबपु दुर्घटना परेको ठाउँको बाटो सागुरो भएकोले पनि सो घटना घट्को थापाको भनाइ छ । उनको स्कुटी पनि सामान्य क्षति भएको छ ।

नेपालको पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ सिजन १ मा उत्कृष्ट तीन भित्र पर्न सफल उनी पछिल्लो समय फिल्म, सिरियल तथा कमेडी कार्यक्रममा निकै ब्यस्त छन् ।

सम्बन्धित खवर