मेयर फागोः संक्रमित विरामीको मनोवल बढाउन वार्ड-वार्ड र घर-घरमा पुग्दै

मेयर फागोः संक्रमित विरामीको मनोवल बढाउन वार्ड-वार्ड र घर-घरमा पुग्दै

मोरङ । मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागो पछिल्लो समय साप्ताहिक रुपमा कोरोना संक्रमतिहरुको अवस्था बारे बुझन् विरामीको वार्ड-वार्ड र घर-घरमा पुग्ने गरेका छन् ।
पछिल्लो समय उर्लाबारी स्थायी ठेगाना भएका कोरोना संक्रमितहरुको सख्या सख्या १ हजार १ सय ७६ पुगेको छ भने निको हुनेको सख्या १ हजार ३१ र मृत्यु हुनेको सख्या ६४ पुगेको छ ।
उर्लाबारीमा कोरोना संक्रमितहरुको संख्यामा बृद्धि भए सगै उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागो विरामीहरुको स्वास्थ्य अवस्था बुझन् साप्ताहिक रुपमा विरामीहरु सग प्रत्यक्ष भेटघाट गर्ने गरेका छन् ।
मेयर फागो उर्लाबारी नगरपालिका द्वारा संचालित कोरोना संक्रमित उपचार केन्द्र राजघाट र होमआइसोलेसनमा रहेका विरामीहरुको वार्ड-वार्ड र घर-घरमा पुग्ने गरेका हुन् ।
पछिल्लो समय मोरङमा कोरोना संक्रमणका विराटनगर महानगरपालिका बाहिर उर्लाबारी नगरपालिका पहिलो स्थानमा रहेको भएता पनि मेयर फागो कोरोना रोकथाम तथा नियन्त्रण र संक्रमितहरुको हौसला बढाउन आफै वार्ड-वार्ड र विरामीको घर-घरमा पुग्ने गरेका छन् ।
नगरपालिका द्वारा संचालित आइसोलेसन सेन्टरमा उपलव्ध सेवा र उपलब्धी
कोरोना कहरको दोस्रो लहर सुरुवात भए सगै उर्लाबारी नगरपालिकाले तयार पारेको प्रविधिमैत्री आइसोलेसन सेन्टरले उर्लाबारीका कोरोना संक्रमितहरुको उपचारमा सहयोग पुर्‍याउदै आएको छ ।


आइसोलेसनमा विषेशज्ञ डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीको साथमा अक्सीजन जडित सुविधा रहेको छ । ११ बेड क्षमता भएको उपचार केन्द्रमा हाल सम्म १ सय ३० जना भर्ना भएका छन् भने उपचार पश्चात १ सय १५ भन्दा बढी निको भएर घर फर्की सकेका छन् । भने १५ जनालाई मात्रै अन्यअस्पतालमा रिफर गर्नु परेको आइसोलेसन सेन्टरले जनाएको छ ।

नगरपालिकाले ठुलो धनराशी खर्चेर उर्लाबारी-८ मा खोलेको कोभिड उपचार केन्द्रमा हाल ११ जना उपचारत रहेका छन् ।
उपचारका लागि प्रत्येक बेडमा अक्सिजन जोडिएको छ भने विभिन्न सहयोगी सघ सस्थाले प्रदान गरेको ७ थान अक्सिजन कन्सल्ट्रेटरको मद्दतले विरामीहरुको उपचार गरी रहेको छ ।
मंगलबार मात्रै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले प्रदान गरेको ३ थान अक्सिजन कन्सल्ट्रेटर नगर प्रमुख फागोले अस्ताललाई उपलव्ध गराए ।
यस अघि हङकङ नेपाल समाज, एन आर एन हङकङ र उर्लाबारीकै युवा व्यावसायीहरुले स्वास्थ्य सामाग्री उपलव्ध गराई नगरपालिकालाई सहयोग गरेका थिए ।

सम्बन्धित खवर