कानेपोखरीमा चिटिक्क परेकाे ट्रि हाउस

कानेपोखरीमा चिटिक्क परेकाे ट्रि हाउस

मोरङ, मोरङ कानेपोखरी गाउँपालिका ७ मा हेर्दै लोभलाग्दो ट्री हाउस (रूख घर) निर्माण गरिएको छ ।

सो ट्री हाउस वडा नं. ०७ पुर्व पश्चिम् राजमार्ग कानेपोखरी चोकदेखि दक्षिण तर्फ रहेको ग्रामीण सुधार सामुदायिक वन क्षेत्र भित्रको राई जातिहरूको धार्मिक स्थल साकेला थान परिसरमा निर्माण भएको हो ।

त्यस क्षेत्र भित्रका रूखहरूलाई सहायता बनाई निर्माण गरिएको हाउस निकै आकर्षक र मनमोहक तवर बनाइएको छ ।
कानेपोखरी ५ जहदा निवासी रामकाजी राइको एकल करिब १५ लाखको लगानीमा निर्माण भइरहेको हाउस कानेपोखरी गाउँपालिकाकै एक नमुना पर्यटकिय स्थल बन्ने विश्वास गरिएको छ ।

१३ बर्ष ब्रीटिस सेनाको रुपमा काम गरेका उनले बेलायत बस्दा नेपाल र बेलायत बिचको मानविय बौद्धिक क्षमता, धर्मप्रतिको सचेतता र पर्यटकिय अवस्थाको बारेमा तुलना गरे सो अनुरूप नेपाल आएर कुनै पर्यटकिय आकर्षणको क्षेत्र निर्माण गर्ने सोच गरेको र फलस्वरूप यो ट्री हाउस बनाएको बताए ।

राईका अनुसार ट्री हाउस पूर्ण रूपले निर्माण सकिन केहि प्रतिशत मात्र काम बाँकी रहेको र अब केही दिन भित्रमै सर्वसाधारणका लागि खुल्ला गरिने जानकारी दिए। दुई तला र दुवैमा बस्न मिल्ने गरि बनेको घरमा सामान्य जन्मदिनको कार्यक्रम, सभा, बैठक लगायतको कार्य गर्न सकिने र यस घरबाट प्राकृतिक सुन्दरतालाई पनि नियाल्न सकिने बताए । उनले भने, यो सबै धर्म, संस्कृति मान्ने व्यक्तीको साझा सम्पत्ति हो । यहाँ जुनसुकै धर्म, जाती, परम्परा भएका मानिसले आफ्नो धार्मिक कार्यक्रम लगायत धार्मिक स्थल निर्माण गर्न पाउनेछ्न् । हामी बिच कुनै फरकता छैन, सबै मिलेर सहिष्णुताका साथ यस क्षेत्रलाई मानविय मेलमिलापको संगम बनाउने इच्छा छ ।

उनले केही गुनासो गर्दै कानेपोखरीलाई पर्यटकीय आर्कषण केन्द्रको रूपमा बिकास गर्ने प्रयासलाई गाउँपालिकाले कुनै प्रकारको सहयोग नगरेको बताए । बारम्बार प्रस्ताव राख्दा समेत पालिकाले सहयोग नगरेको उनको गुनासो छ । यदि पालिकाले सहयोग गरे अझै विस्तारित रुपमा गर्न सकिने कुरा राईको छ ।

वि.स २०५२ सालमा ३ बिगाह जमिन किराँत धार्मिक वन साकेला थानको नाममा पास गरि किराँतहरूले सो ठाउँमा आफ्नो धार्मिक कार्य गर्दै आएका थिए ।

सम्बन्धित खवर