सामाजिक सञ्जालमा पत्रकारलाई गाली गर्ने प्रिन्सिपलाई कारवाहीको माग

सामाजिक सञ्जालमा पत्रकारलाई गाली गर्ने प्रिन्सिपलाई कारवाहीको माग

विनोद मण्डल, सिरहा

सिरहाका पत्रकारहरुलाई समाजिक सञ्जाल मार्फत गालीगलौज गर्ने प्रिनसिपललाई कानुनी कारबाही अगाडि बढाउन माग गर्दै जिल्ला प्रहरी कार्यालय सिरहामा निवेदन दर्ता भएको छ ।

सिरहा जिल्लाको सदमुकाम सिरहा नगरपालीका वडा नं ७ मा रहेको मर्निङ पल सेकेण्डरी बोर्डिङ्ग स्कूलका प्रिन्सिपल लोचन चौरवार यादवले जिल्लाका पत्रकारहरुलाई समाजिक सञ्जाल मार्फत गालीगलौज गरेका हुन् ।

कोरोना संक्रमण बढिरहेको अवस्थामा सामुदायिक तथा निजि विद्यालय सरकारले बन्द गराएको अवस्थामा सिरहाका विद्यालय बन्दको सम्पूर्ण कारक तत्व सिरहाका पत्रकारहरु भएको आरोप लगाउँदै प्रिन्सीपल यादवले पत्रकारहरुलाई ठीक पार्न र नाक भाँच्न द्वारिक लाल चौधरी जस्ता मेयरको खाँचो भएको स्ट्याटस नै लेखेका छन् ।

राष्ट्रको चौथो अंगको रुपमा रहेको पत्रकारिता जगतलाई वास्तविकता नबुझी गाली गर्ने प्रिन्सिपल यादब माथी कडा कानूनी कारवाहीको माग गरिएको छ । नेपाल पत्रकार महासंघ सिराहा शाखाका सचिव शिव दयाल यादवले एक प्रेस विज्ञप्ति जारी गरेका छन् । विज्ञप्तीमा जिल्ला प्रहरी कार्यालय सिराहा लगायत सम्पूर्ण सरोकारवाला निकायलाई सामाजिक सञ्जालमा पत्रकारहरुलाई गाली गलौज गर्ने प्रिन्सिपललाई अविलम्ब कडा कारवाहीको माग गरिएको छ ।

सम्बन्धित खवर