झापाको कनकाई नगरपालिका १ स्थित सुरुङ्गामा एकै परिवारका ३ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । झुण्डिएर आत्महत्या गर्नेहरूमा ४० बर्षिय रविन विश्वकर्मा उनकी श्रीमती २९ बर्षिय मुना विश्वकर्मा र ८ महिनाकी छोरी रुविना रहेका छन् ।
उनीहरूले आज आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
मृतक रविन वैदेशिक रोजगारीमा जानका लागि केहिदिन पहिले काठमाण्डौसम्म गएको तर कोरोना पोजेटिभ देखिएका कारण फर्किएर आएको स्थानीयले बताएका छन् ।
के कारणले परिवारले नै आत्महत्या गरे भन्ने खुलेकाे छैन् ।