दूई दिने अन्तराष्ट्रिय नेतृत्व सम्मेलन सम्पन्न, ‘आर्थिक बिकास र शान्तिको लागि कोरियाली प्रायदिपको पुनर्मिलन आवश्यक’

दूई दिने अन्तराष्ट्रिय नेतृत्व सम्मेलन सम्पन्न, ‘आर्थिक बिकास र शान्तिको लागि कोरियाली प्रायदिपको पुनर्मिलन आवश्यक’

काठमाण्डौ, अन्तराष्ट्रिय नेतृत्व सम्मेलनको तेस्रो सिरीज सम्पन्न भएको छ । आर्थिक बिकास र शान्तिको लागि कोरियाली प्रायदिपको पुनर्मिलनका सन्दर्भमा बिहिबार र शुक्रबार दुई दिने भर्चुअल सम्मेलन सम्पन्न भएको हो ।

कोरियाली प्रायदिपको शान्तिपूर्ण पुनर्मिलनको वाताबरण बनाउन युनिर्भसल पीस फडेरेसनको आयोजनामा थिक टयाँक २०२२ ग्लोबल फोरमले एशिया व्यासफिक स्तरिय नेतृत्व सम्मेलनमा तीन दर्जनभन्दा बढी राष्ट्रका हजारौ व्यक्तिले सहभागिता रहेको थियो । सम्मेलनमा ४० जना भन्दा बढि वक्ताहरूले दूई कोरियाबीचको पुनर्मिलनको सम्भाब्यताबारे बोलेका थिए । सम्मेलनमा बिभिन्न क्षेत्रका विज्ञहरूले सम्बोधन गदै कोरिया पुनर्मिलनको बारेमा ऐक्यबद्धता प्रकट गरेका थिए ।

भर्चुअल सम्मेलन मार्फत भएको अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन र थिंक ट्यांक २०२२ ग्लोबल फोरमले कोरियाली प्रायद्वीपमा आर्थिक विकासको संभावनाहरु, एशियामा यसको प्रभाव र विश्व शान्तिको लागि भुमिकाको बारेमा सम्बोधन गरिने छ । सम्मेलनमा नेपालका प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरियाली प्रायद्वीपको एकीकरणले कोरियाको प्रगतिमा मात्र योगदान पुर्याउछ भन्ने हैन पूर्वोत्तर एशिया र विश्वको शान्ति र समृद्धिलाई पनि सहयोग पु¥याउँने बताए ।

सम्मेलनमा पूर्वमन्त्री एकनाथ ढकालले कोरियाली प्रायदिपको शान्तिपूर्ण पूनरमिलनको लागि सामाजिक अभियानहरू सञ्चालन गरेको बताउँदै दुबै कोरियाको एकिकरण बिस्तारै सम्भव बन्दै जाने बताए । युपीएफ एशिया प्यासफिकका अध्यक्ष समेत रहेका ढकालले दुवै देशका नेताहरूले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्वन्धलाई थप मजबुद बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेको बताउँदै यस्ता कार्यक्रम मार्फत कोरियाली प्रायदिपको पुर्नमिलनलाई सहयोग गर्ने बताए ।

संबिधानसभा सदस्य उदय नेपाली श्रेष्ठ लामो विभाजित र प्राविधिक रूपमा युद्धमा रहेका कोरियाली प्रायद्वीपका राष्ट्रहरूबिच शान्तिमय पुनर्मिलनको व्यावहारिक समाधान खोज्नका लागि आवश्यक रहेको बताए । सम्मेलनमा भारतीय जनता पार्टीका नेता बिजय जोली, बासिङटन टाइम्स्का अध्यक्ष म्याक डेबिट, नेपालका लागि पूर्व भारतीय राजदुत केबी राजन प्रोफेसर सिर्जना थापा लगायताका वत्ताहरुले बोलेका थिए ।
सम्मेलनलाई अग्रेजी, नेपाली, रसियन, खमेर, थाई लगायत सात भाषामा अनुवाद गरिएको सम्मेलनको प्रत्यक्ष तथा बिभिन्न सामाजिक सञ्जालको माध्यमबाट लाखौ जनाको सहभागिता रहेको थियो ।

युनिभर्सल पीस फेडरेशन संयुक्त राष्ट्र संघको आर्थिक र सामाजिक परिषदसंग सामान्य परामर्श दाता एक गैर सरकारी संगठन हो । जसले अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलन र थिंक ट्यांक २०२२ ग्लोबल फोरमको माध्यमाबाट दुबै कोरियाको पूनमिलनको बिभीन्न आयामको बारेमा बहस चलाउँदै आएको छ । आठ ओटा सत्रमा भएको सम्मेलनमा बिभिन्न क्षेत्रका बिषयगत बिज्ञहरुले आफ्नो धारणा राखेका छन् । यूपीएफको स्थापना सन २००५ मा डा. सुन म्योङ मुन र उहाँकी धर्मपत्नी डा. हाक जा हान मुनले गर्नुभएको हो जो अहिले विश्व शान्ती अभियान्को नेतृत्व गरिरहनु भएको छ ।

सम्बन्धित खवर