कारितासले कोरोना संक्रमितलाई स्वास्थ्य सामग्री बाँड्दै

कारितासले कोरोना संक्रमितलाई स्वास्थ्य सामग्री बाँड्दै

पथरी, कारितास नेपालमार्फत मोरङको पथरी शनिश्चरे नगरपालिकाले नगरका कोरोना संक्रमितलाई भेट्दै स्वास्थ्य सामग्री प्रदान गर्ने कार्यक्रम अघि बढाएको छ ।

कारितास जर्मनीको सहयोगमा कारितास नेपाल दमकमार्फत आज वडा नम्बर १ का संक्रमितहरुलाई घर घरमा गएर भेटी आत्मबल बढाउन र स्वास्थ्य मापदण्ड पुरा गरी संक्रमणमुक्त वन्न शुभकामना दिँदै स्वास्थ्य सामग्री वितरण कार्य थालिएको हो ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोला, १ नम्बर वडाध्यक्ष बाबुराम एङदेन, २ नम्बर वडा सदस्य पर्शुराम न्यौपाने, स्वास्थ्य शाखा कर्मचारी जगतप्रसाद मगर, कारितास नेपाल दमकका प्रतिनिधि गोविन्दराज कट्टेल सहितले वडा नम्बर १ का संक्रमितका साथै १० मा रहेको भूटानी शरणार्थी शिविरका एकजना संक्रमितलाई समेत सामग्री वितरण गर्नुभएको छ ।

जसमा, २ वटा सेनिटाइजर, २ प्याकेज सर्जिकल मास्क, १ प्याकेट ग्लोब्स, एउटा ह्याण्ड वास, एउटा पल्स अक्सिमिटर, एउटा डिजिटल थर्ममिटर र सिटामोल सहितको प्याकेज रहेको किड वितरण भएको हो । सामग्री सहित घर घरमा जनप्रतिनिधि आएर आत्मबल बढाउँदा संक्रिमितहरु खुसी बनेका छन् । संक्रमितको संख्या हेरेर भोली अन्य वडामा पनि वितरण गरिने छ । झापामा ४ सय ५० र मोरङमा ४ सय ५० जनालाई ती सामग्री वितरण गर्ने संस्थाको योजना रहेको छ ।

सम्बन्धित खवर