ब्राउन सुगर सहित २ जना पक्राउ

ब्राउन सुगर सहित २ जना पक्राउ

मोरङ, छुट्टा छुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका ५ का ३४ वर्षीय खेम मगर र झापा मेचीनगर ३ का ३९ वर्षीय लोकबन्धु दर्नाल रहेका छन् ।

हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका १० स्थित लक्ष्मीमार्गबाट मगरलाई लागूऔषध ब्राउन सुगर १ ग्राम ६७ मिलिग्राम सहित पक्राउ गरेको थियो । पक्राउ परेका मगरले अनुसन्धानको क्रममा लोकबन्धु दर्नालबाट खरिद गरेको सूचना दिएका थिए । मगरको सूचनाका आधारमा प्रहरी टोलीले दर्नाललाई बेलबारी नगरपालिका ३ पशुहटिया स्थितबाट लागूऔषध ब्राउन सगुर ९ ग्राम ९३ मिलिग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जना उपर ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

सम्बन्धित खवर