संखुवासभा, संखुवासभा खाँदवारी नगरपालिका ७ का ६९ वर्षीय जय चापागाई लागूऔषध अफिम सहित पक्राउ परेका छन् ।
हिजो दिउसो १२ बजे जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा चापागाईको घरमा लुकाई छिपाई राखेको लागूऔषध अफिम २०४ ग्राम फेला पारेको थियो ।
पक्राउ परेका चापागाई उपर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।