उर्जामन्त्री भुसालले गरिन ४ वर्षका लागि कुलमानलाई नियुक्ती

उर्जामन्त्री भुसालले गरिन ४ वर्षका लागि कुलमानलाई नियुक्ती

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेसंगै घिसिङले नियुक्ती पत्र समेत लिएका छन् ।

घिसिङलाई आजै उर्जामन्त्री पम्फा भुसालले ४ वर्षका लागि नियुक्ती प्रदान गरिन् । घिसिङले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पुगेर नियुक्ति पत्र लिएका छन् ।

तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकको रुपमा घिसिङको प्रवेश भएको थियो। घिसिङको प्रवेशसंगै १८ घण्टासम्म लोडसेडिङमा रहेको देशलाई लोडसेडिङ मुक्त गरेका थिए । अर्बौँ घाटामा रहेको प्राधिकरणमा अनपेक्षित उपलब्धी निकालेर नाफामा पु¥याएका घिसिङलाई देशभरीबाट जनताको साथ रहेको थियो ।

सम्बन्धित खवर