यूएनएचसीआरले दियो यति धेरै स्वास्थ्य सामग्री

यूएनएचसीआरले दियो यति धेरै स्वास्थ्य सामग्री

पथरी, शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर) ले कोरोना संक्रमणबाट समेत जोगिनका लागि मोरङको पथरी शनिश्चरेस्थित नगर अस्पतालका लागि ठूलो मात्रामा ५ प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

यूएनएचसीआर प्रतिनिधिबाट नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य सहितलाई १० थान अक्सिजन कन्सन्ट्रेटर, ६ हजार २ सय ३५ थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ), ५ हजार २ सय थान एफएफपीटु ननसर्जिकल मास्क, ५ हजार थान सर्जिकल मास्क, १५ हजार थान ग्लोब हस्तान्तरण भएको छ ।

सम्बन्धित खवर