झगडामा कुटाकुट हुँदा एक जनाको मृत्यु, एक जना घाईते

झगडामा कुटाकुट हुँदा एक जनाको मृत्यु, एक जना घाईते

ओखलढुंगा, ओखलढुङगा सिद्धचरण नगरपालिका ५ चित्रे स्थित बाटोमा सोही स्थानका ४२ वर्षीय पासाङ तेन्जी शेर्पा र सोही स्थान बर्णालुका ६३ वर्षीय आङगुबु शेर्पा बिच झगाडा भई कुटपिट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको छ ।

गत राती १ बजे भएको झगडामा दुवै जना गम्भिर घाईते भई सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा शेर्पाको मृत्यु भएको हो । आङ्गुबु शेर्पाको सोही अस्पतालमा नै उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खवर