रमितेमा अव निरन्तर मोवाइल सेवा सन्चालन

रमितेमा अव निरन्तर मोवाइल सेवा सन्चालन

मोरङ । मोरङको पहाडी पर्यटकीय क्षेत्र मिक्लाजुङको रमितेमा अव निरन्तर मोवाइल सेवा सन्चालन हुने भएको छ ।
पर्यटकीय गन्त्वयको प्रचुर सम्भाव्यता बोकेको सो क्षेत्रमा विगत ५ वर्ष देखी मोवाइल सेवा सन्चालन हुदै आएको भएतापनि नियमित विधुत आपुर्ती नहुदा सोलार पावरको मद्दतले सेवा सन्चालन गर्दै आएको थियो ।


सो क्षेत्रको लेकडाडामा रहेको नेपाल टेलिकमको टावरमा उर्लाबारी नगरपालिकाका मेयर फागोको विषेश पहलमा एक साता अघि विधुत जडान भएपछि रमितेमा निरन्तर मोवाइल फोन सन्चालन हुने भएको छ ।
लेकडाडामा रहेको टावरमा विधुत जडान भएपछि अव सो क्षेत्रमा घुम्न जाने आन्तरिक र वाह्य पर्यटक र सो क्षेत्रमा बसोवास गर्नेहरुलाई मोवाइल फोनको सेवा लिन सहज भएको स्थानिय पर्वत राईले बताए ।

सम्बन्धित खवर