करण अभिनित तिमी त ‘जाली रैछौं‘’ सार्वजनिक

करण अभिनित तिमी त ‘जाली रैछौं‘’ सार्वजनिक

पथरी । मोरङ पथरीका कलाकार करण धिताल अभिनित ‘तिमी त जाली रैछौ‘’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
विगत लामो समय देखी अभिनय क्षेत्रमा लाग्दै आएका धिताल पछिल्लो समय म्यूजिक भिडियोमा व्यस्त रहने गरेका छन् ।
केही समयअघि ‘यो खुशी‘’, ‘प्रिय तिमी‘’, ‘हुँदैछ रे बिहे‘’ याद आउँछ लगायत दर्जन बढी म्यूजिक भिडियोहरुमा जीवन्त अभिनय गरिसकेका धितालको ‘तिमी त जाली रैछांै‘’ सार्वजानिक भएको हो ।

भिडियोमा करणलाई मेनुका माझीले साथ दिएकी छिन् । यस्तै भुवन खड्का, नयन श्रेष्ठ, शिक्षा लिम्बुको अभिनय रहेको छ । झापा दमकको काब्या रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुभाष रसाईलीले आवाज भरेका छन् ।
बारात धिमालको शब्द संगीत, अशोक थापाको एरेन्ज, नन्दु गुरुङ रेकडिसमा रहेका छन् । मोफसलको रमणीय स्थानहरूमा छायांकन गरिएको गीतलाई अशोक लाखेले निर्देशन गरेका हुन् ।

सम्बन्धित खवर