मन्त्री शर्मा निरीक्षणमा

मन्त्री शर्मा निरीक्षणमा

 

गण्डकी प्रदेश सरकार पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले आइतबार पर्यटन कार्यालय पोखराको निरीक्षण गर्नुभएको छ ।

उहाँले कार्यालयका योजना, कार्यक्रम, बजेट, उपलब्धि र कार्यालयको अवस्था बारे जानकारी लिनुभएको थियो ।

निरीक्षणका लागि पुग्नु भएका मन्त्री शर्मालाई कार्यालय प्रमुख पुरन गिरी लगायतका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।

निरीक्षणपछि मन्त्री शर्माले ठूला व्यवसाय दर्ता र नवीकरणका लागि विभागमा जानुपर्ने अवस्था अन्त्यका लागि पहल गर्ने बताउनुभयो । उहाँले प्रदेश पर्यटन नीति र ऐन निर्माणपछि पर्यटन क्षेत्र सकारात्मक वातावरण बन्ने उल्लेख गर्नुभयो ।

उहाँले होम स्टे सेवालाई गाउँ र स्थानीयको आर्थिक विकासको आधार बनाउनुपर्ने भन्दै स्थानीय उत्पादनलाई अनिवार्य गर्न आवश्यक रहेको औल्याउनुभयो । मन्त्री शर्माले होम स्टे सेवा सम्वन्धी कार्यविधिलाई आवश्यक सुधार गरी थप व्यवस्थित र प्रभावकारी बनाइने जानकारी दिनुभयो ।
मन्त्री बनेपछि उहाँले पहिलो पटक पोखरामा आफ्नो मन्त्रालय मातहतको कार्यालय निरीक्षण गर्नुभएको हो ।

सम्बन्धित खवर