भूमि सम्बन्धी समस्या समाधान आयोग बिघटनको बिरोध गर्दै ओली पक्ष

भूमि सम्बन्धी समस्या समाधान आयोग बिघटनको बिरोध गर्दै ओली पक्ष

भीमराज अधिकारी, पथरी

भूमि सम्बन्धी समस्या समाधान गर्नका लागि गठित आगोगको बिघटन गरेको भन्दै ओली पक्षीय एमालेले देशैभर आन्दोलन चर्काइरहेको छ ।

आइतबार मोरङको पथरी बजारमा ११ बजेका लागि राखिएको बिरोधको कार्यक्रममा बल्ल तल्ल हाराहारी १ सयजना मान्छे उपस्थित थिए । करिब १ बजेतिर सुरुभएको बिरोधको कार्यक्रम पथरी बजार परिक्रमा गरेर कोणसभामा परिणत भयो । कोणसभामा वक्ताहरुले भूमि सम्बन्धीका विषयमा भन्दा पनि सरकारको आलोचना गर्दै आक्रोस र कुण्ठा पोखे ।

सभालाई सम्बोधन गर्दै पथरी शनिश्चरे नगर उप प्रमुख यमुना विष्टले केन्द्र सरकारले गरेको निर्देशन आफुहरुले नमान्ने सार्वजनिक उद्घोष गरिन् । आफ्नो पाटिको सरकार हुँदा जनभावना अनुसारका काम गरेको तर अहिलेको जनादेशको सरकारले केही काम गर्न नसक्ने भन्दै त्यस्तो सरकारले गरेको निर्देशन नमान्ने विष्टको भनाइ थियो ।

प्रमुख अतिथिका रुपमा राष्ट्रिय युवासंघ केन्द्रिय कमिटि महासचिव रमेश आचार्यले सम्बोधन गरे । आचार्यले करिब १२ लाख जनताले धनिपूर्जा पाउने अवस्थामा सरकारले तुसारापात गरेको बताए । अबको सरकारले कुनै आयोग बनाएर काम गर्न नसक्ने तर युवासंघ संधै सुकुम्बासीहरुको साथमा रहेको आचार्यको जिकिर थियो ।

कार्यक्रम स्थलमा एमालेको चुनावी गीत घन्किरहयो, सुकुम्बासीका नाउँमा भनेर गरिएको कार्यक्रममा ओली खेमाका एमाले कार्यकर्ता बाहेक कोही देखा परेन्न । ब्यानरमा आयोजकका रुपमा राष्ट्रिय युवासंघ नेपाल, अनेरास्ववियु, अनेम संघ, अनेकिम महासंघ पथरी शनिश्चरे गरी ४ वटा भातृ संगठनहरु थिए । ४ वटा संगठनले आयोजना गर्दा पनि सुकुम्बासीको समस्या बोक्न सकेन्न ।

अरुबेला सुकुम्बासी समस्याका विषयमा हुने कार्यक्रममा पथरीमा हजार बढि मानिसहरु देखा पर्दथे । साझा समस्याका ब्यानर र प्लेकार्डहरु हातमा हुन्थे तर आज पथरीमा देखिएको कार्यक्रममा सुकुम्बासीको समस्या बर्षौँ देखि बोकेर हिड्ने कुनै नेता देखिएन्न । बरु सरकारको बिरुद्धमा लेखएका प्लेकार्ड र भातृ संगठनका ब्यानरहरु देखा परे पछि पथरी शनिश्चरेवासी आश्चर्यमा परेका छन् ।

सम्बन्धित खवर