बेगनासतालको राष्ट्रिय झण्डासहितको स्तम्भमा पर्यटकको आकर्षण

बेगनासतालको राष्ट्रिय झण्डासहितको स्तम्भमा पर्यटकको आकर्षण

पोखरा : पर्यटकीय नगर पोखरास्थित बेगनासतालको बाँध छेउमा निर्मित राष्ट्रिय झण्डासहितको स्तम्भमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।

रोटरी क्लब अफ लेखनाथको करिब ६ लाखको लागतमा निर्मित बेगनाशतालको दृष्यावलोकन गर्ने तथा राष्ट्रिय झण्डासहितको स्तम्भमा पछिल्लो सयमा तस्वीर खिचाउने आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।

स्तम्भमा बेगनासतालको क्षेत्रफल, गहिराइलगायत अधिकांश विषयको तथ्याङ्क राखिएको छ । बेगनासताल आउने जो कोही पर्यटकले स्तम्भमा फोटो खिचाउनुका साथै त्यहाँ उल्लेखित विषयलाई अभिरुचिका साथ हेर्दै तालबारे जानकारी लिने गरेको रोटरी क्लब अफ लेखनाथका अध्यक्ष मिलन तिवारीले बताए ।

क्लबले स्थानीय तहसँग समन्वय एवं सहकार्यका आधारमा तालको सौदर्यकरणसहित पर्यटकको आकर्षक बढाउन पहल गर्ने बताउँदै उनले यस क्षेत्रको विकासका लागि मनोरमपार्क निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए ।

पर्यटकीय डुङ्गाघाट नजिकै रहेको कारण पनि स्तम्भ सबैको रोजाइँमा पर्ने गरेको छ । बेगनासतालमा पर्यटकलाई लच्छित गरी १४५ जना व्यवसायीले २४९ वटा डुङगा सञ्चालन गरेको डुङ्गा व्यवसायी समिति बेगनासका अध्यक्ष ढकनाथ कँडेलले जानकारी दिए ।

सम्बन्धित खवर