पुरुष फुटबल टोली प्रशिक्षणका लागि मंगलबार पोखरा आउँने

पुरुष फुटबल टोली प्रशिक्षणका लागि मंगलबार पोखरा आउँने

पोखरा : राष्ट्रिय पुरुष फुटबल टोलीले बन्द प्रशिक्षणका लागि मंगलबार पोखरा आउने भएका छन् ।

एसियन कप र १३ औँ साफ च्याम्पियनसिपको तयारीमा रहेको पुरुष फुटबल टोलीले बुधवार देखि प्रशिक्षण गर्नेछन् । पोखरा रंगशाला स्थित निमार्णाधिन फुटबल मैदानमा टोलीले करिब एक महिना प्रशिक्षण गर्नेछन् ।

प्रशिक्ष अब्दुल्ला अल्मुताइरी सहित टोलीमा किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की र विशाल सुनार रहेका छन् ।

यस्तै रजिन धिमाल, सुमन अर्याल, रणदीप पौडेल, दिनेश राजबंशी, गौतम श्रेष्ठ, राजीव लोपचन, अनन्त तामाङ, रोहित चन्द,सुरज जेउ ठकुरी,सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, पुजन उपरकोटि,विशाल राई, सन्तोष तामाङ, संजोग राई, विक्रम लामा, सुजल श्रेष्ठ, त्रिदेव गुरुङ, सुनिल बल, मनीष डाँगी, जर्ज प्रिन्स कार्की, अञ्जन विष्ट, आयुष घलन,नवयुग श्रेष्ठ,आशिष लामा, भरत खवास, अभिषेक रिजाल,सेसेहाङ आंगडेम्बे र शिशिर लेखी टोलीमा रहेका छन् ।

यस्तै यस अघि काठमाण्डौँमा प्रशिक्षणमा रहेका प्रकाश बुढाथोकी र एरिक विष्ट भने पोखराको प्रशिक्षणमा सामेल छैनन् । उनीहरुको स्थानमा शिशिर लेखी र सेसेहाङ आंङडेम्बे रहेका छन् ।

सम्बन्धित खवर