किरण न्यौपाने, रंगेली
काठमाण्डौमा अस्थाई रुपमा बसोबास गरी रहेका रंगेलीबासी संगठित भएका छन् ।
हिजो काठमाण्डौमा एक कार्यक्रम बिच रंगेली–काठमाण्डौ सम्पर्क मंच गठन गरी रंगेलीबासी संगठित भएका हुन् । रंगेलीको पहिचान र समस्यामा परेका रंगेलीबासीलाई सहयोग सहित रचनात्मक गतिबिधि गर्ने उदेशय सहित मंच गठन गरिएको हो ।
रंगेली ४ आमतोला निवासी विकाश अधिकारीको अध्यक्षता ११ सदस्य तदर्थ कार्यसमिति गठन गरिएको छ । गठित मंचको सचिवमा चूड़ामणि (शेखर) कोइराला, कोषाध्यक्ष लक्ष्मीमाया सापकोटा रहनु भएको छ भने पविन्द्र कार्की, सुमन घिमिरे, सुभाष सेढाई, शरु भट्टराई, सन्तोष बस्नेत, शारदा गौतम, झलक गुरुग र हरीप्रसाद पाठक सदस्य रहनुभएको छ । सो मंचमा ६ सदस्य सल्लाहकार समिति समेत चयन गरिएको छ । सल्लाहकार सदस्यमा युवराज कार्की, भरत भट्टराई, नवीन थापा, किरण न्यौपाने, उमेश सिवाकोटी र शेखर वगड़िया रहनुभएको छ ।
मंचले आगामी ६ महिना भित्र विधान तयार गरेर बृहत् रुपमा काठमान्डौमा बसोबास गरिरहेका रंगेलीबासीलाई थप खोजी गरी समेटर अघि बढ्ने तयारी गरेको छ । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि रहनुभएका भरत भट्टराई, अतिथि लक्ष्मीमाया सापकोटा, संचारकर्मी किरण न्यौपाने, युवा शेखर वगड़ियाले शुभकामना मन्तव्य व्यक्त गर्नू भएको थियो । युवराज कार्कीले संचालन गर्नु भएको कार्यक्रमको सभापति विकाश अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो ।